नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७,२३६ पुग्यो
वि.सं.२०७७ भदौ २२ सोमवार १७:०२
1.8K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९ सय ७९ जना सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार २ सय ३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार काठमाडौंमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप १हजार ७ सय ३६ जना सहित हालसम्म ३० हजार ६ सय ७७ जना उपचारपछि निको भएका छन्।
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जना सहित हालसम्म ३ सय जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ २२ सोमवार १७:०२



















