फिफाले दिने सबैभन्दा ठूलो सम्मान ‘फिफा दि बेस्ट’ अवार्ड रद्द
वि.सं.२०७७ जेठ १ बिहीवार १२:३२
1.4K
shares
एजेन्सीः विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान ‘फिफा दि बेस्ट’ को यस वर्षको संस्करण रद्द गरेको छ । ‘फिफा दि बेस्ट’ यस वर्षको सप्टेम्बरमा घोषणा गर्ने कार्यक्रम थियो । तर फिफाले कोरोना भाईरस महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रमम रद्द भएको घोषणा गरेको हो ।
अवार्ड रद्द भएसँगै यस वर्षको अवार्डमा लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो मध्येको कसैको नाम उल्लेख हुने छैन । फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले कोरोनाको संक्रमण देखापरेको समयदेखि नै कुनैपनि गतिविधि बुद्धिमतापूर्वक गरिने बताउँदै आएका थिए ।
फिफाले यसअघि नै आफ्ना ठूला प्रतियोगिताहरु मध्येका अन्डर २० र १७ महिला विश्वकपलाई आगामी वर्षको फेब्रुअरीसम्मका लागि स्थगित गरिसकेको छ । फिफाले यसै वर्षको डिसेम्बरका लागि तय भएको क्लब विश्वकप भने सारेको छैन ।
वि.सं.२०७७ जेठ १ बिहीवार १२:३२



















