शेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन
वि.सं.२०७७ जेठ १ बिहीवार ११:२४
1.8K
shares
काठमाडौं: नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको जानकारी दिए ।
लकडाउनले बन्द भएको ५०औं दिनमा मंगलबार शेयर बजार खुलेको थियो । लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो ।
लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएको थियो । लकडाउनकै बीचमा २ दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए ।
वि.सं.२०७७ जेठ १ बिहीवार ११:२४



















