सिग्देलको सुत्र
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:४२
1.4K
shares
हाल विश्व कोरोना महामारीको चपेटामा रहेको छ । चिनको वुहानबाट फैलन शुरुभएको यो भाइरस विश्वका सबै जसो देसमाफैलिसकेको छ भने नेपाल पनि अछुतो रहेन। भाइरसको सबैभन्दा बढी असर महाशक्तिराष्ट्र अमेरिकामा परेको छ । भाइरसबाटअमेरिकामा मात्र हजारौंले ज्यान गुमाइसकेका छन् भने लाखौं संक्रमित भएको अवस्था छ।
करिव ६ बर्ष देखि परिवार सहित अमेरिकाको लसएन्जलसमा बसोबास गर्दै आएका कल्याण सिग्देलका अनुसार कोभिड १९ का कारण अमेरिकी जनजिवन दिनप्रदिन कष्टकर बन्दैगएको छ । उधोग कलकारखानमा काम गर्ने लाखौ कामदार रोजगारविहीन बनेका छन् भने नागरीकको स्वास्थ सुरक्षा धरापमा पर्देजानुले त्यहांका नागरीकमा मानसिक त्रास पैदा भएको छ । 
अमेरिकी सरकारले त्यहां स्थायि रुपमा बसोबास गर्ने अमेरिकी लगायतनेपाली मुलका नागरीकको अवस्थालाइ मध्यनजर गर्दे विभिन्न राहतका प्याकेज ल्याएपनि प्रयाप्त हुन नसकेको र कतिपय नेपालीकोपहुँच बाहिर रहेको सिग्देलको भनाइ छ । आमनागरिकलाइ जोगाउन अमेरिकी सरकारले विभिन्न विधि अपनाइरहेको छ तर पनि आजसम्म कोरोना बिरुद्व कुनै औषधि बन्न सकेको भने छैन।
त्यसैले कोरोनाबाट बच्न स्वविवेकले आफुले आफैंलाइ सतर्क र सुरक्षित राख्नु होभने मनोवल उच्च बनाएमा यो रोग लाग्नबाट बच्न सकिने सिग्देल बताउछन् ।

आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाइ बैचारिक सरसल्लाहदिंदैं आएका सिग्देल भन्छन् आफु पनि बंचौ र अरुलाइ पनि बचाऔं । नेपालमा छंदा विभिन्न वाणिज्य वैंकमा काम गर्दाको अनुभवसंगालेका सिग्देल हाल अमेरिकामा मेडिकल उपकरण सामग्री उत्पादन र बिक्री वितरण गर्दे आएको अप्लाइड लिमिटेड कम्पनीमाकार्यरत छन् भने उनि सर्टिफाइड म्यनेजमेन्ट अकान्टेन्ट समेत रहेका छन् ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:४२



















