YouTube Link

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र मन्त्री महाधिवेशनका लागि चितवनमै हुँदा आज बैठक बस्न सम्भावना न्यून रहेको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

 

उनले भने– ‘आजको बैठकमा मन्त्रीहरुले विधेयक पेस गर्ने र पारित गर्ने कार्यसूची छ । तर, महाधिवेशनका लागि उहाँहरु चितवनमै हुँदा बैठक बस्ने सम्भावना न्यून रहेको छ । तर, सूचना नआएसम्म यसै भन्न सकिन्न ।’ गिरीका अनुसार बैठक स्थगित भए सोमबार मात्रै बस्नेछ ।

 

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३, सहकारी पहिलो संशोधन विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने कार्यसूची छ ।

 

त्यसैगरी, आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी  राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाएर सूचना टाँस गरी स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...