नेपाल बचाउनको लागि राजसंस्था अपरिहार्य
वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:०८
1.7K
sharesनेपाल बचाउनको लागि पनि राजसंस्थालाई अपरिहार्य शक्तिको रुपमा मानिन्छ । नेपाल अरु देश जस्तो होइन । राजसंस्थाको अभावमा यहाँ यी दुबै देशका अनेकौं दबाब र षड्यन्त्रबाट यहाँको सार्वभौम सत्तामा नैं गुम्नसक्छ । अत: हिन्दु अधिराज्यलाई यथावत राखेर राजा ज्ञानेन्द्रलाई सिंहसानमा आरोहण गराई निकाशको बिन्दुमा पुग्नुपर्छ ।
नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न् राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रकोबीचमा समन्वय र सन्तुलन गरेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गर्दै भारत र चीन बीचमा सन्तुलित मैत्री सम्वन्धलाई निरन्तरता दिलाउनु हो ।
दुःखको कुरा जुन दिनदेखि नेपाललाई गणतन्त्र घोषित गरियो त्यही बेलादेखि नेपाली जनता राजसंस्थाको निरन्तरताको लागि चौतर्फी माग गरिरहेका छन् । चीनमा माओत्सेतुङ्गले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेता पनि विदेशी धर्मलाई प्रतिबन्ध लगाएको थियो । नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउनु अधोषित क्रिस्चियनकरण गराउने षडयन्त्र हो ।
नेपाल अहिले पहिचान हराएको मान्छे जस्तो अस्मिता गुमाएको राष्ट्र बनेको छ । नेपालमा राजसंस्था रहेन भने नेपाल मात्र होइन, चीन र भारत पनि असुक्षित बन्नेछ । अब यसरी देश चल्दैन । नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा बाँध्न सक्ने संयन्त्र राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली नैं हो ।
भौगोलिक रुपमा नेपाल एउटा सानो देश हो । उत्तरतर्फ विशाल साम्यवादी राष्ट्र चीन छ, दक्षिणतर्फ खुला सीमाना भएको विशाल राष्ट्र भारत छ । यी दुई देशको बीचमा सन्तुलित सम्बन्ध कायम राख्न सक्ने संस्था नेपालको राज संस्था नै हो । उता भारतीय हिन्दुहरु नेपालका राजालाई हिन्दु सम्राटको सम्मान गर्ने र नेपाल हिन्दु अधिराज्य रहँदा गौरवका साथ सम्मान गर्ने गर्छन् । यस स्थितिमा सबै वास्तविकता बुझेर पनि पार्टीका नेताहरु भारतीय र अमेरिकी गुप्तचर संस्था, क्रिस्चियनहरुको षड्यन्त्रका शिकार बन्न पुगे ।
राजसंस्था त नेपालको सार्वभौमसत्ता, एकता र नेपालीहरुको संरक्षण गर्ने नेपालको साझा संस्था हो । हो, राजसंस्था नभए पनि नेपाल चल्ने भए नेपालमा राजसंस्थाको माग हुँदैनथ्यो । नेपाल बचाउनको लागि पनि राजसंस्थालाई अपरिहार्य शक्तिको रुपमा मानिन्छ । तर नेपाल अरु देश जस्तो होइन । राजसंस्थाको अभावमा यहाँ यी दुबै देशका अनेकौं दबाब र षड्यन्त्रबाट यहाँको सार्वभौम सत्तामा नैं गुम्नसक्छ ।
नेपालमा ९६ प्रतिशत हिन्दु, बौद्ध तथा ॐकार परिवारको जनसंस्या २०६८ सालको राष्ट्रिय जनगणनाले देखाएको थियो । जस अनुसार हिन्दुहरुको संख्या ८१.३ र ॐकार परिवारभित्र– बौद्ध, किरात, जैन, शिखहरु समेत ९६ प्रतिशत संख्या देखाएका थियो । जुन देशमा ९६ प्रतिशत ॐकार परिवारको जनसंस्या छ त्यसलाई विस्थापित गरेर अल्पमतमा रहेका इसाईहरुलाई खुसी पार्न जवरजस्त धर्मनिरपेक्ष धोषणा गराइयो ।
हिन्दुअधिराज्य भनेको पहिचानको लागि मात्र नभएर नेपालको सुरक्षा अवधारणाको स्रोत हो । तर २०६२ सालदेखि २०७६ सालसम्ममा नेपाल ठूलो संकटमा फसेको छ । यसरी राष्ट्रघातगर्ने पार्टीका नेताहरुलाई अहिलेसम्म कुनै अपराध महसुस गरिरहेका छैनन् । तर उनीहरु विदेशीको भरिया बनेर नेपालको अस्थित्व समाप्त गर्नमा अझै धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको बाटोमा छन् ।
राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको शासनकाल कतिदिन चलेको थियो र यी राजाहरुबाट राष्ट्रलाई खतरा पर्ने र जनतालाई दुःख दिने के काम भएको थियो र त्यस्तो प्रतिशोध राखेर नेपालको सार्वभौमसत्ता, एकता र स्थिरताको एक मेरुदण्डको रुपमा स्थापित राजसंस्था विस्थापित गर्ने कुकर्म गरियो ?
नेपालमा २०६३ सालपछि न संविधानले काम गर्ने गरेको छ, न कानून वा कुनै निर्णयहरुले काम गरेको छ । नेपालको एकीकरण भएको बेलादेखिनैं नेपाललाई दक्षिणतर्फबाट अनेकौं षडयन्त्रहरु अपनाएर थिचोमिचो गर्ने कार्यहरु हुँदैआएका हुन् । भौगोलिक र सांस्कृतिक हिसावले हाम्रो देश भारतसंग नजिक छ । भारतीय जनता र नेपाली जनता वीच युगौंयुगदेखि सुमधुर संवन्ध कायम छ । तर केही विस्तारवादी भावनाबाट प्रेरित केही भारतीयहरु नेपाललाई आत्मनिर्भर हुन नदिन नेपाललाई समृद्ध राष्ट्रको रुपमा रहोस् भन्ने ठान्दैनन् ।
देशको अस्तित्व गुम्न लाग्दा २०१७ सालमा राजा महेन्द्रबाट नेपालको सार्वभौम स्वतन्त्रता जोगाउन जुन कार्यहरु सम्पन्न भए त्यसको बिरोधमा भारतले नैं नेपाली कांग्रेसलाई ससस्त्र बिद्रोहमा उठाएको थियो । २०६२ सालपछि खुलेरै कांग्रेस र एमालेका दलालहरुलाई भारतीयहरुबाट छानीछानी उचालेर राष्ट्रिय सार्वभौमसत्ताका स्रोतहरुलाई निस्तेज गराउन अविरलरुपमा नेपालको अस्तित्व समाप्त पार्न लाग्दा नेपालका राजाहरु कहिले पनि विदेशीहरुसँग झुकेनन् ।
राजा महेन्द्रको वैचारिक प्रभावबाट सुरक्षित भएको राष्ट्रियलाई भताभुङ्ग बनाउन कुचक्री र परचक्रीहरु सशक्त हुँदाहुँदै पनि राजा वीरेन्द्र झुकेनन् । २०३६ सालमा राजा वीरेन्द्रलाई जनआन्दोलनको त्रास देखाएर नेपालको रक्षा र विदेश नीति आफ्नो कब्जामा पार्न भारत प्रयत्नील थियो, तर सकेन । राजा ज्ञानेन्द्रलाई पनि झुक्यााउन खोजिएको हो, तर झुकेनन् ।
नेपाल अहिले पहिचान हराएको मान्छे जस्तो अस्मिता गुमाएको राष्ट्र बनेको छ । नेपालमा राजसंस्था रहेन भने नेपाल मात्र होइन, चीन र भारत पनि असुक्षित बन्नेछ । अब यसरी देश चल्दैन । नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा बाँध्न सक्ने संयन्त्र राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली नैं हो ।
नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति सक्रिय बनेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्दै देश बचाउन सक्नुपर्छ । अत: हिन्दु अधिराज्यलाई यथावत राखेर राजा ज्ञानेन्द्रलाई सिंहसानमा आरोहण गराई सर्वपक्षीय मंत्रिपरिषदको गठन गरी निकाशको बिन्दुमा पुग्नुपर्छ ।
वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:०८




















