च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार दोस्रो जित
वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:२३
2.1K
shares
एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।
गएराति भएको खेलमा डेनिस क्लब एफसी मित्जल्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो । खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ ।
वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:२३




















