म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा
वि.सं.२०७८ वैशाख २ बिहीवार ०७:५५
2.4K
shares
एजेन्सीः इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मन क्लब बवरुसिया डर्टमण्डलाई समग्रमा ४-२ ले पराजित गर्दै म्यानचेष्टर सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो लेगमा घरेलु मैदानमा २-१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि उही नतिजा हात पारेको हो ।
जहाँ सिटीले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै २ गोल गर्यो ।
जुडे बेलिङ्गटनले १५औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
सिटीका लागि रियाद महारेजले ५५औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए ।
७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै जित दिलाए ।
सिटीले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख २ बिहीवार ०७:५५



















