यौनिक अल्पसंख्यक दुर्व्यवहारमा पर्नु स्वभाविक हो र ?
वि.सं.२०७७ मंसिर १० बुधवार १५:२६
2.4K
sharesहामी सबैलाई अनुभव छ, पहिले र अहिलेको नेपाली समाज कस्तो छ । नेपाल देश सानो भए पनि यहाँ धेरै जात, धर्म, संस्कृति र परम्पराले भरिएको छ ।
नेपाली समाजमा हामी जति सुन्दरता पाउँछौं त्यो भन्दा धेरै गुणा समस्याहरु देखेको हुन्छौं । हाम्रो समाजमा पहिलेदेखि नै जात, धर्म र संस्कृतिलाई लिएर उत्पन्न भएका समस्या कतिले सुन्यो, कतिले देख्यौ, कतिले भोग्यौं पनि होला ।
हाम्रो समाजमा अहिले विभिन्न जात, विभिन्न धर्मलाई समान व्यवहार गर्दै स्वीकारेको अवस्था छ । तर, अब नेपाली समाजले स्वीकार्ने पालो भिन्न लैङ्गिकता भएका व्यक्तिहरुलाई पनि हो । हाम्रो समाजमा भिन्न लैङ्गिकता बारेमा सोचे जस्तो जानकारी पुगेको छैन ।
खुम्चिएको नेपाली समाज अझै पनि महिला र पुरुष मै घुमिरहेको छ । धेरैलाई फरक लैंगिकता भन्ने बित्तिकै यौनिक अल्पसंख्यक (LGBTI Q) हो र यसमा के कस्ता व्यक्ति पर्दछन् भन्ने ज्ञान पनि छैन । यही ज्ञानको कमीले यौनिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरु समाजमा हेलामा परेका छन ।
खुम्चिएको नेपाली समाज अझै पनि महिला र पुरुष मै घुमिरहेको छ । धेरैलाई फरक लैंगिकता भन्ने बित्तिकै यौनिक अल्पसंख्यक (LGBTI Q) हो र यसमा के कस्ता व्यक्ति पर्दछन् भन्ने ज्ञान पनि छैन । यही ज्ञानको कमीले यौनिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरु समाजमा हेलामा परेका छन ।
आउनुहोस्, केही दिन अघिको घटनाको कुरा गरौ निकिशा श्रेष्ठको । उनी एक यौनिक अल्पसंख्यक समुदायमा पर्छिन् । केही समय पहिलेदेखि उनको टिकटको भिडियोलाई लिएर उनलाई धेरैले Troll को सिकार बनाएका थिए । उनी एक केटा भएर केटीको पहिरनमा आएको कारण उनी माथि दुर्व्यवहारको सिकार भएको अनुमान लगाउन सकिन्छ । यस समुदायमा परेपछि उसको व्यवहार र लगाईमा फरक पर्नु स्वभाविक हो । तर केही दिनअघि उनी माथि दुर्व्यवहार भएको थियो । म आफैंलाई व्यक्तिगत हिसाबले धेरै चित्त दुखेको थियो ।
म एक पत्रकारिता र सामाजिक कार्यको विद्यार्थी पनि हो । आफैंले LGBTI Q सम्बन्धित संस्था Blue Diamond Society मा Social Worker को रुपमा Intern गरेको पनि थिएँ । आफूले लिएको शिक्षा अरुलाई दिन नपाउनुको पीडा अहिले अनुभव गर्दैछु । मैले त ज्ञान लिए र बुझे पनि तर, हाम्रो समाजमा बुझेर होस् या नबुझेर धेरै व्यक्तिहरुले उनीहरुलाई हेला र दुर्व्यवहार गरेको देख्न सक्छौ जसको उदाहरण हुन् निकिशा श्रेष्ठ ।
आफूले प्रत्यक्ष फरक लैगिकता भएका व्यक्तिहरूको भोगाई सुनेर पनि होला त्यो घटनाले मेरो मन एकदम दुखेको छ । मलाई याद छ ती पात्रहरु जोसँग मेरो प्रत्यक्ष कुराकानी भएको थियो । उनीहरूको पीडा, यो समाजले गरेको व्यवहार कति पीडादायि थियो । कहिले परिवारबाट बहिष्कार, कहिले साथीभाइको हेला, कहिले शिक्षाबाट बञ्चित, कहिले के त कहिले के ।
अहिले Internet को जमानमा हामीले चाहे गुगल हेरेर होस् वा यस सम्बन्धी संस्थाबाट शिक्षा लिन सक्छौं । हामी बुझ्ने हुँदा हुँदै पनि हाम्रो समाजबाट नै उनीहरु हेला भएको म प्रस्ट देख्न सक्छु । लैङ्गिता फरक भएकै कारणले कोही व्यक्ति दुर्व्यवहारमा पर्नु भनेको हामी नै पछाडि पर्नु हो । आजको युगमा हामी जुन विषयमा पनि ज्ञान लिन र दिन सक्छौं ।
यौनिक अल्पसंख्यक LGBTI Q पनि हाम्रा समाजमा धेरै छन् र उनीहरू पनि सबैले जस्तै समान हक अधिकार पाउनुपर्छ । हामी सबैले यस सम्बन्धित ज्ञान लिएर अरुलाई पनि बुझाउन सक्नुपर्छ । यस बिषयलाई सामाजिक समस्या हुनबाट रोक्न हरेक व्यक्तिको कर्तव्य हो ।
सामान्य रुपमा हामीले यौनिक अल्पसंख्यक LGBTI Q को बारेमा ज्ञान लिनुपर्दा यस प्रकार बुझ्न सकिन्छ ।
- L-Lesbin भनेको एक केटी अर्को केटीमा शारिरीक आकर्षण हुनु हो,
- G-Gay भनेको एक केटा अर्को केटामा शारिरीक आकर्षण हुनु हो,
- B-Bisexual भनेको एक व्यक्ति केटा र केटी दुवैसँग शारीरिक आकर्षण हुनु हो,
- T-Transgender/Transwomen भनेको जन्मिदा छोरा या छोरी भएर जन्म हुने तर पछि अपोजिट सेक्स बन्ने इच्छा हुने र सेक्स परिवर्तन गर्नु हो,
- I-Intersex भनेको जन्मिदा छोरा र छोरी दुवै शारीरिक बनावट भएर जन्म हुनु या आदि छोरा आदि छोरीको शारीरिक बनावट हुनु हो ।
- हामीले बुझ्ने कुरा Lesbin, Gay, Bisexual एक व्यक्तिमा आउने भावनात्मक परिवर्तन हो जसले के भनेर छुटाउँछ भने Transgender र Intersex एउटा भावना सहित शारीरिक बनावटमा पनि परिवर्तन हुनु हो,
- Queer भनेको केटा केटी दुबै प्रति आकर्षण नहुनु हो ।
यसरी यौनिक अल्पसंख्यकभित्र पनि फरक Gender Identity भए जस्तै Gender Expression पनि फरक-फरक हुन्छ । Gender Expression भन्ने बित्तिकै हामीले व्यक्तिको Gender पहिचानको बहिरि अभिव्यक्ति नाम, सर्वनाम, व्यवहार, कपडा कपाल काट्ने, आवाज वा शारीरिक सुविधाहरु मार्फत व्यक्त गरिएको हुन्छ ।
हामीले Transgender र Intersex लाई बाहिरी बनावट र हाउभाउले पनि पहिचान गर्न सक्छौं । एउटा व्यक्तिको Sexual Identity उसको जन्म को बाहिरी शरीर रचनाको आधारमा लिङ्ग तोकिन्छ तर बढ्दो उमेरसँगै एउटा व्यक्तिलाई आफ्नो Gender Expression बाट आफु के हो भने अनुभव हुँदै जान्छ ।
हाम्रो समाजमा अहिले पनि महिला र पुरुष मात्र हुनुपर्छ भन्ने धारणा रहेको छ । हाम्रो समाजमा पहिलेको अवस्थासम्म यौनिक अल्पसंख्यकलाई हिजडा, छक्का र किन्नरको नामबाट परिभाषा गरिन्थ्यो । उनीहरूको यो समाजमा कुनै अस्तित्व नभएको देख्न सकिन्थ्यो ।
महिला र पुरुष मात्रै यो सृष्टिका लागि हुन् भनिन्थ्यो । तर अस्तित्वको कुरा गर्दा भगवानको पालादेखि नै शिव र पार्वतीको आधा जोडिएको शरीरलाई हामी शक्तिशाली भगवानको स्वरुप भनेर पूजा गर्छौं भने हामीले पनि उनीहरुलाई भगवान मान्नु पर्ने हैन र ?
अहिले पूर्वीय सभ्यतामा पनि फरक खालको यौनिकता भएका थुप्रै उदाहरणहरु भेटिन्छन् । मन्दिर टुँडालहरुमा समलैगिक यौन आसनका काष्ठकला र वास्तुकला कुँदिएका पाउँछौ । महाभारतका अर्जुनले वृन्दलाको रुप धारण गरेको उल्लेख छ । उनलाई तेस्रो लिङ्गी महिलाको स्वरुपमा दर्साएको थियो ।
यसरी हाम्रो विभिन्न सभ्यता बोकेका ग्रन्थहरुमा तेस्रो लिंगीको महत्व देखाइएको छ । हाम्रो समाजले गरेको घृणा र तिरस्कारले बाँच्न मुस्किल भएपछि उनीहरु यौन कार्यमा संलग्न भएका थिए । तर, बढ्दो समयसँगै शिक्षामा आएको गुणस्तरले अहिले यौनिक अल्पसंख्यकलाई भन्ने छक्का, हिजडा जस्ता नामलाई परिवर्तन गरेर LGBTI Q लाई वर्गीकरण गरिएको छ । अहिले मान्छेहरु आफ्नो लैंगिकता र भावनाहरुलाई खुलस्त रूपमा देखाएर स्वतन्त्र रुपमा जिउने गरेका छन् भने कति अझै तिरस्कारको डरले लुकाउने गर्छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै व्यक्तिहरु छन् जसले तेस्रोलिङ्गी, समलिङ्गी भएर पनि उदाहरणका पात्र बनेका छन् । न्यूजिल्याण्ड पहिलो पटक समलिंगी उप-प्रधानमन्त्री भएको देख्न सक्छौं । नेपालकी Transgender अञ्जली लामा भारतमा मोडल हुन सफल भएकी छिन् ।
भूमिका श्रेष्ठ Transgender भएर पनि रोल मोडल भएर विभिन्न संस्थाहरुमा काम गर्दै आएकी छिन् । एउटा व्यक्तीको यौन पहिचान जे भएपनि समाजमा स्वतन्त्र रुपमा बाँच्ने अधिकार हुन्छ । फरक लैंगिकता भएका कारण हामीले कुनै पनि यौन पहिचान बोकेका व्यक्ति लाई घृणा, तिरस्कार अपमानित र दुर्व्यवहार गर्ने हाम्रो अधिकारमा छैन ।
यौनिक अल्पसंख्यकका हक र अधिकारका लागि अहिले Blue Diamond Society र Mitini Nepal जस्ता संस्थाहरु स्थापित भएका छन् । यस समुदायका ब्यक्तिलाई हरेक क्षेत्र र समाजमा समान व्यवहार र हक दिने हामी सबैको कर्तव्य हुने छ । यौनिक अल्पसंख्यक मात्र नभएर समाजका हरेक व्यक्ति दुर्व्यवहारमा नपरोस् भन्ने कुरालाई हामीले ख्याल राख्नु पर्दछ ।
र यो पनि पढ्नुहोस्:
कोरोनासँगै देशभर चिसो बढ्यो, अझ सतर्क रहन जरुरी
क्राउड वान बारे एक शल्यक्रिया
महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील
रामेछाप लिखुतामाकोशी अध्यक्षको मुद्दाको बिश्लेषण
वि.सं.२०७७ मंसिर १० बुधवार १५:२६





















