Rajshow Bivag

बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या गरेको विरुद्धमा प्रदर्शन

Departmant of helth services

महोत्तरीः बर्दिबासमा ६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या गरेको विरुद्धमा बिहानैदेखि स्थानीयले बर्दिबास बजार तथा पूर्व पश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरी प्रशासनले हिजो साँझ खुलाएको राजमार्ग तथा बजार आज बिहानदेखि पुनः प्रहरीको गोली लागि मृत्यु भएको संजय न्यौपानेको घटना स्थानीय बासिन्दाले कडा प्रदर्शन गरिरहेका छन् । मंगलबार दिउँसो प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको गएराती उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदर्शनकारीले गरेको राजमार्ग अवरुद्धका कारण बर्दिबासको पूर्व पश्चिम चल्ने यातायातका साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । प्रदर्शन रोक्न तथा राजमार्ग खोलाउन स्थानीय प्रशासनले बर्दिबासमा आज बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञालाई तोड्दै स्थानीयहरु राजमार्गमा प्रदर्शन गरेका कारण सवारी अवागमनमा अवरोध भएको हो ।

ढुंगामुढा नियन्त्रणको क्रममा घाइते भएका बर्दिबास नगरपालिका-५ बस्ने २६ वर्षीय श्याम कार्कीको नेपाल मेडिकल कलेज काठमाडौं ल्याई उपचार भइरहेको छ भने १ जना स्थानीय घाइते सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् । भीडले ढुङ्गामुढा गर्दा नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक ९डीएसपी० सहित १४ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ३ जना गरी १७ जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए ।

आइतबार साँझादेखि बेपत्ता भएकी गुलाब खातुनको बलात्कार पश्चात् हत्या गरिएको अवस्थामा सोमबार मध्यराति शव बोरामा कोचेर फालेको अवस्थामा फेला परेपछि मंगलबार बिहानदेखि स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् ।

प्रहरीको गोली लागि मृत्यु भएका बर्दिबास नगरपालिका–१ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका छन् । न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग स्थानीयले गरेका छन् ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19495/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...