YouTube Link

बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या गरेको विरुद्धमा प्रदर्शन

Facebook Link

महोत्तरीः बर्दिबासमा ६ वर्षीया बालिका गुलाब खातुनको बलात्कारपछि हत्या गरेको विरुद्धमा बिहानैदेखि स्थानीयले बर्दिबास बजार तथा पूर्व पश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरी प्रशासनले हिजो साँझ खुलाएको राजमार्ग तथा बजार आज बिहानदेखि पुनः प्रहरीको गोली लागि मृत्यु भएको संजय न्यौपानेको घटना स्थानीय बासिन्दाले कडा प्रदर्शन गरिरहेका छन् । मंगलबार दिउँसो प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका स्थानीय सञ्जय न्यौपानेको गएराती उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदर्शनकारीले गरेको राजमार्ग अवरुद्धका कारण बर्दिबासको पूर्व पश्चिम चल्ने यातायातका साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । प्रदर्शन रोक्न तथा राजमार्ग खोलाउन स्थानीय प्रशासनले बर्दिबासमा आज बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञालाई तोड्दै स्थानीयहरु राजमार्गमा प्रदर्शन गरेका कारण सवारी अवागमनमा अवरोध भएको हो ।

ढुंगामुढा नियन्त्रणको क्रममा घाइते भएका बर्दिबास नगरपालिका-५ बस्ने २६ वर्षीय श्याम कार्कीको नेपाल मेडिकल कलेज काठमाडौं ल्याई उपचार भइरहेको छ भने १ जना स्थानीय घाइते सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् । भीडले ढुङ्गामुढा गर्दा नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक ९डीएसपी० सहित १४ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ३ जना गरी १७ जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए ।

आइतबार साँझादेखि बेपत्ता भएकी गुलाब खातुनको बलात्कार पश्चात् हत्या गरिएको अवस्थामा सोमबार मध्यराति शव बोरामा कोचेर फालेको अवस्थामा फेला परेपछि मंगलबार बिहानदेखि स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् ।

प्रहरीको गोली लागि मृत्यु भएका बर्दिबास नगरपालिका–१ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका छन् । न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग स्थानीयले गरेका छन् ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19495/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...