YouTube Link

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु  

Facebook Link

काठमाडौं:  बैतडी, काठमाडौं, ललितपुर, झापा, मोरङ, पाल्पा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका-२ पिपलामोड ढलानस्थित सडकमा बा।६ ख ९७४८ नम्बरको गुडिरहेको ट्रकबाट ओर्लने क्रममा ३४ वर्षीय योगेन्द्र बिष्टको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा बा।२ क ८७५८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मृत्यु भएको छ ।

ललितपुर महानरगपालिका-८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक  ना।१ ज ३६७७ नम्बरको टाटासुमो गाडीले साईकललाई ठक्कर दिँदा साइकलयात्री करिब ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बैतडी, दशरथचन्द नगरपालिका-१० बुड्डास्थित सडकमा ना।१ ज २१९६ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटनामा सुर्नया गाउँपालिका-४ बस्ने ७५ वर्षीया कलावती चन्द लगायत ५ जनाको मृत्यु भएको छ ।

झापा, कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा प्र।१/०१/०१२ प ५८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७२ वर्षीय जगत बहादुर पाण्डेको मृत्यु भएको छ ।

मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडास्थित सडकमा को।२ त ८५६ नम्बरको ट्याक्टरले को।२८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय हेम कुमार चेम्जोङको मृत्यु भएको छ ।

कहटरी गाउँपालिका-१ स्थित भित्रि सडकमा को।२ ह ५४९२ नम्बरको अटोबाट लडेर अटो चालक ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको छ ।

विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टस्थित सडकमा को।३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई  ठक्कर दिँदा साईकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साहको मृत्यु भएको छ ।

सुन्दर हरैचा नगरपालिका-६ दुलारीस्थित सडकमा को।३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री २५ वर्षीया कल्पना यादबको १५ दिनको छोरा देब यादवको मृत्यु भएको छ ।

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-६ चहला सिमलस्थित सडकमा लु।३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सहचालक १९ वर्षीय रमन भट्टराईको मृत्यु भएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित सडकमा सुदूर पश्चिम प्रदेश०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको  छ ।

यो पनि पढ्नुहोस्:

https://www.akhabarnepal.com/2020/11/19485/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...