YouTube Link

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

Facebook Link

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । गत भदौ १० गते आएको बाढीले बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति पुर्याएपछि स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आज आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरेका हुन् । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा छ । शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउन बट्टारमा नयाँ शाखा सञ्चालन गरिएको बताए । उनले कठिन परिस्थितिमा पनि शाखा सञ्चालनका लागि खटिएका कर्मचारीको प्रशंसा गरे । बाढीले शाखामा ठूलो क्षति पुर्याए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए ।

 

सुविधासम्पन्न बट्टार शाखामार्फत बैंकले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सबै प्रकारका खुद्रा बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ । साथै, साना तथा कर्पोरेट व्यवसायीलाई वित्तीय पहुँचमा जोड्ने लक्ष्य पनि बैंकले राखेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने भएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण र मधुमेह परीक्षणलगायत सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

बागमती प्रदेशमा सिटिजन्स बैंकका ५६ शाखा सञ्चालनमा छन् । बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याएको थियो । बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:५२

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार...