रामेछाप लिखुतामाकोशी अध्यक्षको मुद्दाको बिश्लेषण


ब्यक्तिगत पृष्ठभूमि

लिखुतामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खडका अहिले मन्थली प्रहरी थुनामा छन् । उहाँलाई अहिले ३ वटा बनावटी र षडयन्त्रपुर्वक लगाईएको मुद्दा छ भनिन्छ । यो घटनामा विगतका घटना र गतिविधिहरुसँग पनि जोडिएकोले विगतलाई विश्लेषण नगरी यो घटनाको वस्ताविकता बुझ्न सकिन्न ।

पारिवारिक पृष्ठभूमि हेर्दा उनी एउटा राजनितिक वातावरणकै मानिस रहेछन । पदमध्वज खडका हजुरबुबा हनुमान ढोकाका तालुकदार लप्टन मेजर थिए र बुवा पनि पञ्चयतमा वाड अध्यक्ष र प्रहरीको रासन ठेकेदार रहेछन । उनी साधरण राजनीतिक वातावरण भएको परिवारमा जन्मिएका मानिस हुन् । युवा अवस्थामा उनी नेपाली सेनामा भर्ती भएर केही समय सेवा गरेपछि जागिर खान मन नपरेर बिदेशतिर गए । बिदेशबाट र्फकने बितिकै काठमाडौंको घरजग्गाको ब्यवासाय बहुतै चलेको थियो र यसैमा लागेर उनले आर्थिक हैसियत बनाएको हो र पछि मात्रै राजनितिमा लागेका हुन ।

सामजिक क्षेत्रमा उहाँको योगदान

सामाजिक विकस र देशको बिकास भने पछि हुरुक्कै हुने र दिलो ज्यान दिन खोज्ने उनले बिभिन्न सामाजिक क्षेत्रको बिकासका लागि धेरै ठुलो आर्थिक सहयोग गरेका रहेछन त्यसमध्ये सबै भन्दा धेरै रामेछाप जिल्लामा गरेका छन । पछिल्लो समयमा उहाँले रामेछापको स्कुल, कलेज, मन्दिर, गुम्बा, युवा क्लव, महिला समुह, खेलकुद यहाँ सम्मकी सहकारी सस्थाको भवन बनाउन समेत आर्थिक सहयोग गरेका रहेछन ।

खडकाले चुनाव जितेपछि युवाहरुलाई हात लिनको साटो चिढाएको भन्ने हल्ला पहिलादेखि नै गरिन्थ्यो । खड्काले चुनाव जितेपाछ के–के न फाइदा लिन सकिएला भनेर बसेका कार्यकर्ताहरुले बिभिन्न प्रस्तावहरु लैजादा सकिन्न बजेट छैन, गाउँमा बिजुली र बाटो बनाउने सपना पुरा नगरि म अन्य काम गर्न सक्दिँन भनेर युवाहरुलाई खासै केही फाइदा दिन सकेनन किनभने भएभरका पैसा प्राय बिद्युतीकरण मै जान्थ्यो साथै बाटो बिस्तारको काम पनि गर्नै पर्यो । गाउँपालिका र वाडापालिका भवन समेत नबनाइ बिद्युतीकरण र बाटो बिस्तारमा लागेका थिए । बिजुली प्रत्येक जनताको घरमा बलेपछि अव कृषि क्रान्ति गरेर सबै जनता धनी बनाउँछु भनेर कोरोनाको महामारी सकिने बित्तिकै कृषि कार्यक्रम गर्ने तयारीमा भएकै समय खड्कालाई सोच्दै नसोचेको एकाएक गरि ३ वटा मुद्दा लाग्यो ।

बिजुलीकोटका स्वास्थ चौकीलाई एउटा एम्बुलेन्स पनि दिलाएका थिए । २०७२ सालको भुकम्पमा पनि उहाँले लिखुतामाकोशी गाँपालिकामा ठुलो सहयोग जुटाएर हजारौं जनताका मन जितेका थिए र त्यसै बखतदेखि उहाँसँग नेकपाका बिभिन्न स्तरका नेता नजिकिएका भन्ने हल्ला रहेछ । सामाजिक क्षेत्रमा मात्रै हैन नेकपामा प्रवेश गरेपछि पार्टीलाई थुप्रै आर्थिक सहयोग पनि गर्दै गए र कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलाल, गंगालाल स्मिृति प्रतिष्ठनस्थल निर्माणका लागि पनि रु. ११ लाख भन्दा बढी रकम सहयोग गरेका छन भन्ने जानकारहरु बताउँछन । यति मात्रै हैन उनिसँग कुनै राजनितिक हैसियत नहुँदाखेरीदेखि नै लिखुतामाकोशी गाउँपालिकालाई जसरी पनि बिुद्युतिकरण गर्छु भनेर लागि परेका थिए र नभन्दै अहिले लिखुतामाकोशी गाँउपालिका झलमल्ल बनाएका छन । यो धेरै ठुलो र चुनौतिपुर्ण कुरा कुरा थियो तर गरेरै छाडे ।

यसबाट के अनुमान लगाउन सकिन्छ भने उनी समाज र देशको विकासका निम्ति मरिमेटने रहेछन । अहिले पनि गाउँमा पुर्वधार विकासका लागि गाउँगाउँमा आफै गएर निरन्तर खटने गरेको स्थानीय जनताहरु बताउँछन र थुप्रै विकसका कामहरु निरन्तर भईरहेको सबैले देख्न सकिन्छ । राज्यको एक सुका भ्रष्टचार गर्दिन र गर्न दिन्न भनेर चुनाव जित्ने बितिकै उनको पहिलो घोषणा पालिका अध्यक्षको तलव भत्ता सबै दिनदुःखी र गरिबलाई दिन्छु म एक रुपैयाँ लिन्न मलाई पुग्ने म आफै कमाउन सक्छु र काठमाडौंको घरजग्गाको ब्यावासायबाट धेरथोर कमाई सकेको छु भनेका थिए र उनले हालसम्म पालिकाबाट कुनै नगद तलव वापत लिएका पनि छैनन रे ।

राजनितिक क्षेत्र

राजनितिमा उनी पहिला युवा अवस्थामा नेकपा पार्टीलाई नै मन पराउने बामपन्थी बिचारका नै थिए तर पछिल्लो समय आर्थिक हैसियत बनाएर समाज सेवाको क्षेत्रमा लागेपछि भने राजनितिमा ठुलै रहर पालेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०६५ को चुनावमा सभासदमा रामेछाप क्षेत्र नं. १ बाट चुनाव लडेका थिए । पछिल्लो समयमा समाजसेवा र राजनितिको क्षेत्रमा लाग्दै जाँदा नेकपाका थुप्रै साथीभाइहरुसँग सम्बन्ध बनाउँदै गएपछि मुख्यत पहिलाका नागदहका गाबिस अध्यक्ष तथा नेकपा रामेछाप क्षेत्र नं. १ का तत्कालिन अध्यक्ष आशा बहादुर तमाङ लगायत थुपै्र नेताको पहलमा तत्कालिन नेकपाका महासचिव ईश्वर पोखरेलको मुख्य अतिथ्यमा धोबीबाट नेकपा प्रवेश गरेका थिए र उनले गत चुनावमा गाउँ बाटै गाउँपालिका अध्यक्षको टिकट सर्वसम्मतले अनुमोदन गराई पालिका अध्यक्षको टिकट हात पारेका थिए र अत्याधिक बहुमतले जित हाँसिल पनि गरे ।

हो यसै समयदेखि प्राय स्थानिय पुराना नेता कार्यकर्ताहरुले उनले प्राप्त गरेको राजनितिक फाइदा र सफतामा भित्रभित्रै जल्न थालेका थिए । कतिपय कार्यकर्ताले काम गर्ने कालु मकै खाने भालु भनेर उहाँसँग प्रतिष्पर्दा गर्न खोज्ने नेता कार्यकर्ता रिसले चुर बन्दै गएका रहेछन भनिन्छ । उहाँले आफु राप्रपामा हुँदा बनाएका भोटर, पछिल्लो समयमा समाजसेवा गर्दा कामएको जनमत र पार्टीलाई बिभिन्न कार्यक्रममा गरेको थुप्रै साथ सहयोगका कारण टिकट दिने बिषयमा प्रायः कुनै नेताले नकारेनन पनि । यो दिनसम्म उहाँका हरेक पक्ष राम्रो थियो तर कुरा बिग्रियो चुनाव जिते पछि ।

चुनाव जितेर गाउँपालिका प्रमुख भएपछि

खडकाले चुनाव जितेपछि युवाहरुलाई हात लिनको साटो चिढाएको भन्ने हल्ला पहिलादेखि नै गरिन्थ्यो । खड्काले चुनाव जितेपाछ के–के न फाइदा लिन सकिएला भनेर बसेका कार्यकर्ताहरुले बिभिन्न प्रस्तावहरु लैजादा सकिन्न बजेट छैन, गाउँमा बिजुली र बाटो बनाउने सपना पुरा नगरि म अन्य काम गर्न सक्दिँन भनेर युवाहरुलाई खासै केही फाइदा दिन सकेनन किनभने भएभरका पैसा प्राय बिद्युतीकरण मै जान्थ्यो साथै बाटो बिस्तारको काम पनि गर्नै पर्यो । गाउँपालिका र वाडापालिका भवन समेत नबनाइ बिद्युतीकरण र बाटो बिस्तारमा लागेका थिए । बिजुली प्रत्येक जनताको घरमा बलेपछि अव कृषि क्रान्ति गरेर सबै जनता धनी बनाउँछु भनेर कोरोनाको महामारी सकिने बित्तिकै कृषि कार्यक्रम गर्ने तयारीमा भएकै समय खड्कालाई सोच्दै नसोचेको एकाएक गरि ३ वटा मुद्दा लाग्यो ।

पारिवारिक स्रोत र अन्य जनताको आधारमा कुरा सुन्दा यि तिनै वटा झुटा मुद्दा हुन । पार्टीभित्रकै मुख्य मुख्य नेता र यहाँसम्मकी मन्त्री सांसददेखि ठुलै समुह लागेर सकाउन लागेका छन भन्ने आरोप परिवारका सदस्यहरुले गरेका छन । देशमा न्याय मरेको छैन र न्यायलय बिकेको छैन भने हाम्रो मान्छे जेल जादैनन भनेर परिवारका सदस्य मात्रै हैन कयौ स्थानीय जनताले पनि भनेको सुनिन्छ । तर न्यायलय पनि बिकिसकेको छ लिखु हाइड्रोपावरले सबैलाई किनिसकेको छ भनिन्छ र मन्त्रीहरु सबै सकाउन लागेका करण जेल जाने भन्दा पनि जेलभित्रै मार्न सक्छन भनेर परिवार बहुत अतालिएको देखिन्छ ।

पहिलेका घटना

घटना अहिलेको मात्रै हैन यो घटनाको वस्ताविक गहिराईमा पुग्ने हो भने यो घटनाको कारक तत्व सब लिखु जलबिद्युत आयोजनका कारण भएको हो । गत बर्ष पालिक उपाध्यक्ष दिपशिखा दाहाल र वाड नं. ७ का वाडा अध्यक्षसँग ठुलै लफडा परेको र पैसाको ब्ल्यकमेलिङपछि गोलीकाण्डसम्म भएको र प्रहरी मुठभेटमा खुट्टामा गोली लागेका करण अमृत तमाङ र मिलन तामाङ जेल परेका थिए । अहिले पनि मिलन र ति दुबै जना जेलमा नै छन । मिलन तमाङको त गोली लागेका कारण खुट्टा समेत काटिएको छ । कतिपय घटनहरु लिखितम र बकितम हुँदैनन् न त कुनै स्पष्ट प्रमाण देखाउन र जुटाउन नै सकिन्छ तर अव्यक्त सत्य त्यही हुन्छ न्याय बोल्न सक्दैन खासमा लिखु जलबिद्युत आयोजना यो घटनाका मुख्य कारक तत्व हुन ।

अहिलेका घटनाहरु

अहिलेको घटनाको पनि लामो कहानी छ तर पहिलाको घटनाको प्रतिसोध भने मिसाएको अडकल गर्न सकिन्छ । पालिका अध्यक्षलाई जिल्ला डिएसपी कार्यलयले मिटिङ छ भनेर गत श्रावण २९ गते मन्थली बोलाए छन र उहाँ गएपछि तपाईको नाममा उजुरी छ भनेर मोबाइल लगायत सबै खोसेर थुनामा राखे छन । यो केश एउटा बाटो बनाउँदा उपभोक्त समितिको अध्यक्ष पदम घिसिङले बन्दी बनाएर झण्डै चेक काट्न लगायो भन्ने छ भन्ने सुन्नमा आएको छ ।

दोश्रो मुद्दा त्यसको केही दिनमा शेर बहादुर खडकाले गत वर्ष अर्कै ब्याक्तिसँग जिल्ला मालपोत मन्थलीमा पास भईसकेको तर पालिका अध्यक्षले पालिकाको लागि भनेर किनेको जग्गा मलाई पैसा दिएन अर्कैलाई पास गराएछ भन्ने छ भनिन्छ र यो दुई वटा मुद्दा फितलो खालको भएका कराण फेरि अर्को स्थानीय स्वास्थ्य चौकी बिजुलीकोटमा कार्यरत एक जाना अबिवाहित महिला कार्मचारीले मलाई नौ महिना अगाडि बलत्कर गरेको थियो भनेर उजुरी परेपछि भने खड्कालाई झनै आपत पर्यो भनिन्छ ।

यी घटनाक्रमहरु हेर्दा योजनाबद्ध तरिकाले पालिका अध्यक्षलाई फसाउने खेलमा बिभिन्न कोणबाट बिश्लेषण गर्न सबैले सहजै सक्ने कुरा हो । यसपछि आर्को एक आश्चार्य चकित पार्ने एउटा रिपोर्ट आयो खड्कालाई श्रावण २९ गते थुनामा राख्दा कोरोना नेगेटिभ थियो भनिन्छ तर ठिक त्यसको २५ दिन पछि कोरोना पोजेटिभ भयो भनेर अदालतमा बहस हुने बेलाको केही घण्टा अघि कोरोना पोजेटिभ भयो भनेर बहस हुन दिएन । यो घटना पछि परिवारका सदस्यको होस हवस उडेर अहिले अत्यन्तै चिन्तित छन ।

अख्तियार र वातावारणले यिनको चर्तिकला गहिराइमा पुगेर अनुसन्धान गर्न जरुरी ठान्छु । यी जलमाफिया दलालहरुले जस्तोसुकै हर्कत गर्दछन भन्ने म खिम्तीमा १६ बर्ष काम गर्दाको राम्रो अनुभव छ । साथै हाइड्रोपावरको अत्याचारको नमुना हेर्ने हो भने उमाकुण्ड गाउँपालिकाका जनता र पालिका प्रतिनिधिहरुसँग सोधे हुन्छ अझै चित्त नबुझे खिम्ती एक जलबिद्युत योजना हेरे हुन्छ ।

उनीहरुका अनुसार यो घटनामा राज्यको सबै अंग पहिलादेखि नै फसाउन योजनाबद्ध तरिकाले लागेको रहेछ । यसमा नेकपाकै सांसद, मन्त्री, नेता कार्यकर्ता मात्रै हैन सिङ्गो राज्यको संयन्त्र प्रयोग भएको रहेछ अब हाम्रो मान्छेलाई भित्रै बिभिन्न बहाना बनाएर मारेर कोरोनाले मर्यो भन्छन, राज्य लागेपछि के गर्ने मुन्टा बटारेर, सास थुनेर मारेर आत्महत्या गर्यौ भन्न सक्छ, देशमा न्याय मरेछ, भनेर यो देशै छोडन पाए हुन्थ्यो समेत भने । हाम्रो मान्छे राज्य लागेर मार्दै छन् भनेर मानव अधिकार गुहार्न लागेका छन् । परिवारका सदस्यहरु भन्छन्– प्रहरी, सिडियो, वकिल, न्यायधिश, गृहमन्त्रालयका माथिसम्म तिनै दिपखिा दाहाल, सुवास बोहोरा र लिखु हाईड्रोका मानिसले सेटिङ गरेर मिलाई सकेको छ हामीले यो देशमा अव न्याए पाउदैनौ भन्ने परिवारले प्रतिक्रिया दिएका छन् ।

यो घटनाको बिश्लेषण के भन्न सकिन्छ भने लिखु हाइड्रोपावरको बिभिन्न चलखेलका बिस्तृत बिवरण बुझ्दा खेरी यो सारा घटना लिखु हाईड्रोपावरको चलखेलकै कारण भएको देखिन्छ भगवानले कारवाही गर्ने हो भने लिखु हाईड्रोपावरलाई कारवाही गथ्र्यो तर यो नेपालको राज्य हो यहाँ हरेक कुरा किन्न र पावर र पहुँचका आधारमा सेटिङ जति पनि मिलाउन सकिन्छ । अर्को स्थानीय स्तरका नेकपाका कार्यकर्ताले फाइदा लिन नसक्दा उहाँमाथि असहयोग मात्रै हैन असफल बनाउन पाए आफुले फाइदा लिन सकिन्छ भनेर हात धोएर लागेको देखिन्छ । खडकालाई लिखु हाइड्रोपावरका मानिसले करोडौको अफर गरेको र उपाध्यक्ष दिपशिखा दाहाललाई ९० लाखको हाईलेक्स गाडी अफर पहिला नै गर्दा अध्यक्ष खडकाले त्यो अफर अस्वीकर गरेपछि यी तमाम तमासा र घटना भएको हो भन्ने त्यहाँका प्राय सबै जनताले बताउने गरेका छन् ।

स्थानीय जनता र युवाहरुका अनुसार लिखु हाइड्रोपावरले अबैधानिक रुपमा वालुवा, रोडा, ढुंगा निकाल्ने गरेको, जनताको जग्गा अतिक्रमण गरेर बिभिन्न संरचना बनाउने प्रयास गरेको, वातावरण बिनास गर्ने काम गरेको, अति दुःख गरेर बनाएको बाटो अत्याधिक भार भएको साधन ढुवानी गर्दा बाटो पुरै बिग्रिएको, पालिकाले भनेको कुनै कुरा नगरेको, जिल्लाका प्रहरी प्रमुख, सिडिओ लगायत सबैलाई पैसा खुवाएर सेटिङ मिलाउने गरेको, वातावरण र बनका कर्मचारीहरुलाई समेत सेटिङ मिलाई सकेका र यो कलहको सम्पूर्ण कारण लिखु जलबिद्युत परियोजना हो भनेका छन ।

यो भयो जनताका कुरा स्वयं पालिका अध्यक्षले मसँग पनि यो लिखु हाइड्रोपावरका कारण मलाई यो पद नै निल्नु न ओकल्नु भयो । उपाध्यक्षसँगको झगडा पनि यसैको कारणबाट उत्पत्ति भएको छ । हाइड्रोपावरकै करण मैले डिएसपी सिडिओ र धेरैसँग झगडा गरे अब मलाई राम्रो हँुदैन तर मैले गल्ती गरेको छुँईन के नै गर्ला र भनेर मसँग समेत कुरा गर्नुभएको खासै समय भएको छैन । उहाँले मसँग अर्को के पनि भन्नु भएको थियो भने प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल माननीय समेतलाई यो लिखु हाइड्रोपावर कै करण मुख छोडे झगडा गरेँ उहाँले पनि मलाई नराम्रो गर्लान भन्नु भएको थियो र संघीय सांसद पूर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठ (कुशल)सँग समेत मुखामुख झगडा परेको कुरा उहाँले मसँगको भेटमा कुरा गर्नुभएको थियो र मलाई पनि यो घटनाको सम्पूर्ण कारक तत्व भनेको लिखु हाइड्रोपावर नै हो भन्ने लागेको छ ।

अख्तियार र वातावारणले यिनको चर्तिकला गहिराइमा पुगेर अनुसन्धान गर्न जरुरी ठान्छु । यी जलमाफिया दलालहरुले जस्तोसुकै हर्कत गर्दछन भन्ने म खिम्तीमा १६ बर्ष काम गर्दाको राम्रो अनुभव छ । साथै हाइड्रोपावरको अत्याचारको नमुना हेर्ने हो भने उमाकुण्ड गाउँपालिकाका जनता र पालिका प्रतिनिधिहरुसँग सोधे हुन्छ अझै चित्त नबुझे खिम्ती एक जलबिद्युत योजना हेरे हुन्छ ।

झगडाले कसैलाई फाइदा गर्दैन । एउटा हाइड्रोपावरको स्वार्थका करण यतिका घटना घटनु, यतिका मानिसको समय र जिन्दगी बर्बाद हुनु, राज्यका यति ठुलो ब्याक्ति र संयन्त्र सञ्चालक, राजनितिज्ञ, समाजका मानिस सबैको बदनाम हुनु र तिनै हाइड्रोपावरका दलालहरु मज्जाले रमिता हेरेर बस्नु कतिको जायज हो ? न उसलाई मुद्दा न कुनै झन्झट व्यहोर्नु । हाइड्रोपावरकै कारण पालिकाको काम प्रभावित भएको छ, साथीसाथीमा दुश्मनी बढेको छ, दुनियाँ बदनाम गरेको छ, पैसाको चलखेलका कयौ हल्लाहरु चलाइएका छन । यी सबै घटनाका कारकहरु लिखु हाइड्रोपावल एक नम्बर, पार्टीमा रुष्ट र फाइदा खाना खोज्ने तर नपाएका आफ्नै पार्टीका नेता कार्यकर्ता दोश्रो र बिकाउ अनलाइन अखबरहरु मुख्य हुन । यति ठुलो गौरवशाली इतिहास र जनमत बोकेको पार्टीको समेत बदनाम हुनु दुखद कुरा हो सकेसम्म यि र यस्ता मुद्दा राज्यले बुझेर सबैलाई मेलमिलाप र सहकार्य गरेर अघि बढाउने भूमिक निर्वाह गरुन ।

एकले अर्कोलाई समाप्त पार्ने खेलमा नलागुन र देशमा न्याए कसैको लागि नमरोस् भन्ने मेरा ब्यातिmगत चाहना छ । उनको छुचो बोल्ने र घमण्ड गर्ने बानी भने धेरैले टिप्पणी गरेको देखिन्छ जसका कारण आफन्त, साथीभाई र पार्टीका नेता कार्यकर्ता रुष्ट छन् यो बानी नसुधारे भविष्यमा समेत उनी समस्यामा पर्ने देखिन्छ । यस्तै घटना बिकास गर्दै लैजाने हो भने र रिसिबी साँचेर प्रतिसोध लिने हो भने भविष्यमा धेरैले नराम्रो दुःख पाउने, धरैले बदनामी कमाउनुका साथै पार्टीलाई नै ठुलो घाटा लाग्ने पक्का छ । फाइदा भने लिखु हाइड्रोपावर र प्रतिपक्ष दललाई मात्रै हुने पनि देखिन्छ ।

 

(लेखकको निजि विचारलाई हामीले प्रकाशन/प्रशारण गरेका छौ । – सम्पादक)

 

यो पनि पढ्नुहोस्ः खिम्ती जलबिद्युत आयोजना र एमसिसि खतरनाक मिसाइल
यो पनि पढ्नुहोस्ः ओली र प्रचण्डका असफलताका कारणहरु
यो पनि पढ्नुहोस्ः कृषिप्रधान देशमा हजारौं किसानहरु समस्यामा
यो पनि पढ्नुहोस्ः एमसिसिको जय जय गर्नुभन्दा पहिला यि कुराहरू बुझौं
यो पनि पढ्नुहोस्ः आर्थिक क्रान्तिको सारथी हुन सक्छः गाँजा, भाङ्ग र हेम्प

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: