१७औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज थ्रीस्टार र आर्मी भिड्दै
वि.सं.२०७५ फागुन १८ शनिवार ०७:१५
2K
shares
पोखरा: १७औं संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज थ्रीस्टार र विभागीय टिम त्रिभुवन आर्मी खेल्दैछन् ।
पोखरा रंगशालामा आज हुने खेलमा घरेलु फुटबलका चिरप्रतिद्वन्दी थ्रीस्टार र आर्मीबीच उपाधि भिडन्त हुन लागेको हो । आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन । त्यसैले पहिलोपटक उपाधि उचाल्ने लक्ष्यसहित आर्मी मैदानमा उत्रँदैछ ।
राष्ट्रिय टिमका स्टार भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथुलगायतका खेलाडीलाई फाईनल खेल एउटा परीक्षा पनि हुनेछ । यता, पोखरेली भारी समर्थक रहेको क्लब थ्रीस्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । दुवै टोली प्राप्त अवसरलाई सदुपयोग गर्दै पोखरामा उपाधि जित्ने दाबी गर्छन् ।
एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार फाइनल पुगेको हो भने आर्मीले सेमिफाइनलमा दाउफिन्सलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो । प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
वि.सं.२०७५ फागुन १८ शनिवार ०७:१५




















