YouTube Link

नेकपाका अग्रज नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन

Facebook Link

काठमाडौं: पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारका क्रममा हिजो निधन भएको छ । लामो समयदेखि अस्वस्थ नेता अधिकारीको ८२ वर्षको उमेरमा हिजो राति ह्याम्स अस्पतालमा निधन भएको हो ।

नेता अधिकारीलाई हेर्न पुगेका मोरङ समाज काठमाडौँका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार भेन्टिलेटरमा नेता अधिकारीको श्वासप्रश्वास कम हुँदै गएको थियो । त्यसपछि अधिकारीको निधन भएको जानकारी चिकित्सकहरुले आफन्तलाई दिएका हुन् ।

फोक्सो र मुटुमा समस्या हुँदा तीन सातादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालको क्रिटिकल केयर सर्विसेजका संयोजक डा. हेमराज पनेरुले जानकारी दिनुभएको थियो । हिजो दिउँसो मात्रै डा. पनेरु र अस्पतालका मेडिकल डिरेक्टर डा. भास्करराज पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउनसक्ने सम्भावना न्यून रहेको बताउनुभएको थियो ।

विदेशमा रहेकी छोरी आइनपुग्दासम्म अस्पतालमा अधिकारीलाई कृत्रिम स्वासप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको थियो । अधिकारीको वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्म भएको थियो । अधिकारीका श्रीमती ओमकुमारी र तीन छोरी हुनुहुन्छ ।

दिवंगत अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...