YouTube Link

पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ पोखराको रामघाटमा अन्त्येष्टी

Facebook Link

पोखरा: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

अधिकारीको पार्थिव शरीरमा उनका जेठा छोरा विराजले दागबत्ती दिनुभएको थियो भने नेपाली सेनाको एक टुकडीले ६१ तोपको सलामी दिएको थियो । अन्तिम संस्कार अघि श्रद्धाञ्जली अर्पण गर्न अधिकारीको पार्थिब शरीर पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा रोखिएको थियो । विभिन्न स्थानबाट भेला भएका सर्वासाधारण, राजनीतिक दलका स्थानीय नेता-कार्यकर्ता, सरकारी कर्मचारीलगायतले मन्त्री अधिकारीको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन संघीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु गोकर्ण विष्ट, पद्मा अर्याल, भानुभक्त ढकाल, नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, योगेश भट्टराई, कांग्रेस नेता चन्द्र भण्डारीलगायत पोखरा पुग्नुभएको थियो । मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा र नेकपाका नेता श्रेष्ठ र गौतमले पार्टी झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

अधिकारीलाई श्रद्धाञ्जली दिन गाउँ-गाउँबाट सर्वसाधारण पोखरा आएका थिए । देशका लागि धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता गुमाएको भन्दै श्रद्धाञ्जलीमा सहभागीले कास्कीले अधिकारीजस्तो नेता मुस्किलले पाउने भन्दै दुःख व्यक्त गरेका थिए ।

अधिकारीको पार्थिब शरीर दिउँसो एक बजे पोखरा पुराइएको थियो । कास्कीको पोखरा महानगरपालिका-३३ भरतपोखरीको जामुनाबोटमा २०२६ सालमा जन्मिनु भएका अधिकारी २०७४ सालमा भएको संसदीय निर्वाचनमा कास्की-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...