YouTube Link

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

Facebook Link

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन् । योसँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गरेको हो । क्यान्सस सिटीस्थित एरोहेड स्टेडियममा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकका लागि यो क्षण अविस्मरणीय बन्यो ।

 

खेलको दोस्रो गोल उनले दोस्रो हाफको सुरुमै थपे भने तेस्रो गोल खेलको अन्त्यतिर गर्दै ह्याट्रिक पूरा गरे । जारी विश्वकपमा पनि यो पहिलो ह्याट्रिक हो । विशेष संयोग के थियो भने, मेसीले अर्जेन्टिनाबाट विश्वकप डेब्यु गरेको ठीक २० वर्षपछि यो उपलब्धि हासिल गरेका हुन् । उनले सन् २००६ मा सर्बिया र मोन्टेनेग्रोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गरेका थिए र त्यस खेलमा पनि गोल गरेका थिए । उनी विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

 

६ वटा विश्वकप सहभागितामा मेसीको कुल गोल संख्या १६ पुगेको छ । योसँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन् । अद्भुत प्रदर्शन गरिरहेका उनले आगामी खेलमा क्लोजको कीर्तिमान तोड्ने सम्भावना बलियो देखिएको छ । यो मेसीको करिअरको ६१औं ह्याट्रिक तथा राष्ट्रिय टोलीका लागि ११औं ह्याट्रिक हो ।

 

यससँगै उनले लगातार पाँच विश्वकप खेलमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् । मेसीको प्रदर्शनले अन्य दुई विश्व फुटबल स्टार किलियन एमबाप्पे र एर्लिङ हालान्डका उत्कृष्ट प्रदर्शनलाई समेत ओझेलमा पार्‍यो । फ्रान्सका एमबाप्पेले सेनेगलमाथि ३-१ को जितमा दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याए भने नर्वेका हालान्डले इराकविरुद्ध ४-१ को जितमा दुई गोल गरे ।

 

आगामी साता ३९ वर्ष पुग्न लागेका मेसी विश्वकपअघि इन्टर मियामीमा खेल्दा सामान्य ह्यामस्ट्रिङ समस्याबाट गुज्रिएका थिए । तर, विश्वकपको तयारीका क्रममा आइसल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टीमार्फत गोल गर्दै उनले आफ्नो फिटनेस प्रमाणित गरेका थिए । अल्जेरियाविरुद्धको खेल मेसीको अन्तर्राष्ट्रिय करिअरको २००औं खेल थियो । सन् २००५ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेसीभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (२२९ खेल) र कुवेतका बादेर अल-मुतावा (२०२ खेल) मात्र छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...