उपाधि होडमा फर्किएको युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो
वि.सं.२०७७ माघ १८ आइतवार ११:०७
1.7K
shares
एजेनसी: उपाधि होडमा फर्किएको म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग गोलरहित बराबरी खेलेको छ।
बराबरीसँगै उपाधि होडमा म्यानचेस्टर युनाइटेड पछाडि परेको छ।
युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउने मौका गुमाएको छ ।
युनाइटेडको २१ खेलबाट ४१ अंक छ ।
शीर्ष स्थानको सिटी भन्दा तीन अंकले पछाडि परेको छ।
तेस्रो स्थानको लेस्टर सिटी भन्दा दुई अंकले माथि रहेका छ ।
युनाइटेडले लेस्टर र सिटीभन्दा एक खेल बढी खेलेको छ ।
म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिसन काभानीले दुई पटक गोलको राम्रो अवसर खेर फाल्दा एक अंकमा चित्त बुझाउनु पर्यो ।
त्यस्तै एलेक्जेन्डर लाकाजेटको फ्रिकिक बारमा लागेर फर्किदा आर्सनलले अग्रता लिने मौका गुमाएको थियो ।
युनाइटेडले पछिल्लो पाँच खेलमा तीन अंक जोड्न नसकेको यो तेस्रो खेल हो ।
युनाइटेड यसअघि घरेलु मैदानमै पुछारको क्लब सेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको थियो ।
त्यसअघि युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो ।
बराबरीका बाबजुद युनाइटेड दोस्रो स्थानमा कायमै छ ।
आर्सनल भने नवौं स्थानमा छ ।
आर्सनलले २१ खेलबाट ३१ अंक जोडेको छ ।
जुन चौथो स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १८ आइतवार ११:०७



















