YouTube Link

स्र्पाेट्स अर्वाडमा कराँतेको मन्डेकाजी वर्ष पुरुष खेलाडीमा मनोनयन

Facebook Link

काठमाडौं: नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेफ)ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को लागि मनोनयन सार्वजनिक गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक मनोनयनमा करातेबाट दुई खेलाडी र एक प्रशिक्षक गरी तीन जना मनोनयनमा छन् ।

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका कराते खेलाडी मन्देकाजी श्रेष्ठ वर्ष पुरुष खेलाडी विधाको मनोनयनमा परेका छन् ।

महिलातर्फको उत्कृष्ट खेलाडीको विधामा करातेबाट अनु अधिकारी छन् । अनुले १३औं सागमा स्वर्ण जितेका थिए ।

वर्ष प्रशिक्षकको मनोनयनमा करातेका मदन उप्रेती परेका छन् ।

१३औं सागमा नेपालले करातेबाट १० स्वर्ण ४ रजत र ५ कास्य जित्दा मदन उप्रेती मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

सेमि भर्चुअल माध्यमबाट हुने यस वर्षको स्पोर्ट्स अवार्डका लागि एनएसजेएफले यसअघि नै पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ ।

जसमा करातेका मन्देकाजी श्रेष्ठ मनोनयनमा परेका छन ।

मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षको उपलब्धी
१. मन्देकाजी श्रेष्ठ
*१३औं सागमा दुई स्वर्ण पदक ९टिम काता र एकल०
*आठौं राष्ट्रिय खेलकुद– स्वर्ण पदक ९एकल काता० र रजत ९टिम काता०
* बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कास्य पदक ९एकल काता० र स्वर्ण पदक ९टिम काता०
* नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत ९सिनियर काता०, उत्कृष्ट खेलाडी घोषित

२. अनु अधिकारी
*१३औं सागमा स्वर्ण पदक
* आठौं राष्ट्रिय खेलुकदमा रजत पदक
* बंगलादेश, पाँचौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
* उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान

राष्ट्रिय टिमको मुख्य प्रशिक्षक

मदन उप्रेती
– १३औं सागमा नेपाल १० स्वर्ण, ४ रजत र ५ कांश्य पदक जिताउ सफल, नेपाल शीर्षस्थानमा

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...