मानसिक धपेडि पर्नसक्ने खालको दिन छ, चिन्ता र अत्यधिक खर्चले स्वास्थ्यस्थिति बिग्रन सक्ने, नियमित खानपानमा गडबडी भइ समस्या उत्पन्न हुने, ज्वरो, घाउचोटपटक, दुर्घटना, रक्तस्राव, धनहानी, मानसम्मानमा आघात, शत्रुवृद्धि, बन्धुबान्धव तथा मित्रवर्गसँग विवाद, पारिवारिक तथा दाम्पत्य सुखमा कमी, व्यवसायमा बाधा जस्ता अनिष्ट फलहरुबाट गुज्रिनुपर्ने अवस्था आउन सक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन मध्यम खालको छ । अपरान्हपछि कार्य सफलता, मनोरन्जनमा समय बित्नसक्ने, अचानक धन प्राप्ति, रति सुखको प्राप्ति, पाहुना सत्कार र उत्तम खानपान, धन धान्यको प्राप्ति, सन्तानको प्रगति, बन्धुजनबाट सुख, लगायत मन प्रफुल्लित हुने खालका क्रियाकलाप हुन सक्छन ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो रहनेछ । आत्मविश्वास बढने, मन प्रफुल्ल हुने, निरोगिताको प्राप्ति, अप्ठयारो कुराहरुबाट विजय प्राप्त हुने, आर्थिक लाभ, आदर सम्मान वा कदर पाइने, शत्रु बाधाबाट मुक्ति, गरेका कार्यहरुमा सफलता प्राप्त हुने योग छ । खर्चमाथि भने नियन्त्रण राख्नुहोला, घरमै आनन्द र रमाइलोमा समय बिताउनुभएको खन्डमा दिन सुखद रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सोचे अनुरुप नहुनसक्छ, शारिरिक कष्ट वा धपेडी पर्ने योग रहेकोले व्यर्थको श्रम र अनावश्यक खर्चबाट बच्नुहोला, आफन्त हानी, कुटुम्ब विवाद, मन अशान्त हुने, आर्थिक हानी, सन्तान पक्षमा हानी वा तनावको स्थिति आउनसक्छ, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने पनि हुनसक्छ, यात्रा गर्दा भने आज ख्याल गर्नुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त तथा बन्धुजनलाइ पीडा, आर्थिक हानी, स्थाइ सम्पत्ति वा कार्य क्षेत्रसँग सम्बन्धि विवाद, रोग तथा भयले सताउन सक्ने, शत्रुले रिस गर्ने, मानहानी, स्थान हानी, अनावश्यक खर्च, दाम्पत्यजीवनमा उतारचढाव, व्यर्थको श्रम अथवा कार्य असफल हुने योग भएकोले सावधानी अपनाउनुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन शुभ रहनेछ । पारिवारिक सुख, मित्रहरुले सहयोग गर्नेछन, अडकिएका कार्यहरु बन्ने, अरुबाट आदर सत्कार पाइने, धनलाभ, उत्तम खानपानमा सरिक भइने, उपभोग्य वस्तुहरुको खरीद तथा प्राप्ति हुने । व्यर्थको भ्रमण तथा विवादहरुबाट भने आज जोगिनुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामहरु बिग्रन सक्ने भएकोले कर्मक्षेत्रमा अलि सावधानि अपनाउनुहोला, आज आफनो नजीककासँग विवादबाट बच्नुहोला, कसैको पक्षमा नलाग्नु नै बेश हुनेछ, तँपाइको रिस गर्नेहरुले ढिलोचाँडो आफनो गल्तीलाइ महसुस गर्नसक्छन, त्यसैले आज मौन बस्नुमा नै उत्तम हुने देखिएको छ, लगानी सम्बन्धि कार्य आज थाँती राख्नुहोला ।
समय राम्रो छ, मित्रबाट फाइदा हुने अथवा लाभ र मानसम्मान दिने योग छ । फरक खालको वा विशेष खानपीन हुनसक्ने, रमाइलो जमघटमा सरीक हुन पाइने, भौतिक उपहार, द्रव्य, लुगा कपडा वा कुनै जिन्सी सामान प्राप्त हुनसक्ने अथवा खरीद गरिने योग छ, आज दाम्पत्य सुखको साथै घरायसी सुखमा ध्यान जान सक्नेछ, उमेर पुगेका अविवाहित हुनुहुन्छ भने विवाह सम्बन्धि कुराहरु चल्न सक्ने सम्भावना पनि छ, व्यवसायीवर्गलाइ राम्रो समय छ, घरबाट अलि टाढा भ्रमण गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हानी नोक्सानी हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने समय चलेको छ, पराक्रममा कमी आउने, आलस्य बढने । खर्चमा वृद्धि । शत्रुपीडा, मानवीय क्षतिको विचार आउने, अचानक संकट आइपर्ने, द्रव्य नाश, मानसिक सन्तापयोग देखिएकोले सावधानी अपनाउनुहोला, पुर्वाजित सम्पत्तिमा समस्या आउनसक्छ । कानुनी झमेला आदिबाट आज सचेत रहनुपर्नेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ फल प्राप्त हुनेखालको दिन छ । शुभ समाचार आउनसक्छ । आर्थिक लाभ वा मित्रबाट फाइदा । उत्तम भोजन, भोगविलास तथा रमाइलोमा समय बित्नसक्छ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । नयाँ कार्यको लागि योजना बन्ने समय आएकोछ । संचित धनमा बढन सक्नेछ । आयस्रोतको नयाँ सम्भावना फेला पर्नसक्छ, निवेशको लागि समय उत्तम छ ।
आजको दिनले ईच्छित फल पाउने बलियो सम्भावना बोकेको छ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा प्रयास गर्दा सोचे अनूरुप हुनसक्छ । कर्मक्षेत्रमा मानसम्मान, कदर प्राप्त हुने योग छ । शुभ समाचारहरु आउनसक्ने छ । पिताको सहयोग अथवा सरकारी सहयोग लिँदा काम बन्ने योग छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा सफलता पाइनेछ । भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुने समय चलेको छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अनूकूल छैन । प्रतिष्ठा हानी हुने सम्भावना । बिनाकारण झगडा हुने, नखाएको विष लाग्ने अथवा नसोचेको आरोप लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्यालराख्नुहोला । आफन्तहरुसँग मनमुटाव हुने भएकोले सचेत रहनुपर्नेछ । अचल सम्पत्ति बाहन आदि लिने विचार गर्नुभएको छ भने आज नलिनुहोला, विदेश यात्रा, विदेश अध्ययन सम्बन्धि कार्यको लागि भने आजको दिन शुभछ । निरर्थक भ्रमणन होला भन्न सकिँदैन ।