म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:५७
1.8K
shares
एजेन्सीः म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वारर्टरफाइनलको खेलमा युनाइटेडले एभर्टनलाई २-० ले पराजित गरेको छ ।
युनाइटेडको जितमा इडिन्सन काभानी र एन्थोनी मार्टियलले एक-एक गोल गरे ।
खेलको ८८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एन्थोनी मार्टियलले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
जितसँगै युनाइटेडले सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:५७


















