Health Ad
YouTube Link

नेशन्स लिग चरणका खेलहरु सकियो, डेनमार्कलाई हराउँदै बेल्जियम फाईनलमा

Khanepani Dhal
Facebook Link

काठमाडौ: डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियम युइएफए नेशन्स लिग फुटबलको फाइनल पुगेको छ ।

गएराति भएको खेलमा घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित निकालेको हो ।

बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १-१ गोल गरे ।

खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १७औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा टुंगियो । बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ८६औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे ।

खेलको ८७औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन् ।

यस्तै इटालीले बोसनिया हर्जगोभिनालाई २-० ले पराजित गर्दै ग्रुप १ मा शिर्ष स्थानमा रहँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै ग्रुप २ बाट बेल्जियम शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

योसँगै लिगको फाइनल समीकरण पूरा भएको छ । गएराति लिग चरणका खेल सकिएसँगै फाइनल खेल्ने चार टीमको टुंगो लागेको हो ।

चार समुहका विजेता टिम बेल्जियम, फ्रान्स, इटाली र स्पेन फाइनल पुगेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:०७

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका...

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

वि.सं.२०८१ फागुन २० मंगलवार १४:२६

काठमाडौं: नवनियुक्त प्रशिक्षक म्याट रसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको...

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:३६

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसीले...

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

वि.सं.२०८१ फागुन १९ सोमवार ०८:१९

काठमाडौं: तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि...

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

वि.सं.२०८१ फागुन १६ शुक्रवार १६:१३

काठमाडौं: दशरथ रंगशालामा आज केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो...