YouTube Link

नेशन्स लिग चरणका खेलहरु सकियो, डेनमार्कलाई हराउँदै बेल्जियम फाईनलमा

Facebook Link

काठमाडौ: डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियम युइएफए नेशन्स लिग फुटबलको फाइनल पुगेको छ ।

गएराति भएको खेलमा घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित निकालेको हो ।

बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १-१ गोल गरे ।

खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १७औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा टुंगियो । बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ८६औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे ।

खेलको ८७औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन् ।

यस्तै इटालीले बोसनिया हर्जगोभिनालाई २-० ले पराजित गर्दै ग्रुप १ मा शिर्ष स्थानमा रहँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै ग्रुप २ बाट बेल्जियम शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

योसँगै लिगको फाइनल समीकरण पूरा भएको छ । गएराति लिग चरणका खेल सकिएसँगै फाइनल खेल्ने चार टीमको टुंगो लागेको हो ।

चार समुहका विजेता टिम बेल्जियम, फ्रान्स, इटाली र स्पेन फाइनल पुगेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...