YouTube Link

आइसिसी टि–२० विश्वकप युएई र ओमानमा चलिरहेको छ

वेस्ट इन्डिज साबिक विजेता

Facebook Link

एजेन्सीः आइसिसी टि–२० विश्वकप युएई र ओमानमा चलिरहेको छ ।

वेस्ट इन्डिज साबिक विजेता राष्ट्र हो ।

टि–२० मा उत्कृष्ट मानिएको वेस्ट इन्डिजलाई क्रिस गेल, आन्द्रे रसेल, काइरोन पोलार्ड, ड्वेन ब्राभोजस्ता उत्कृष्ट खेलाडीको साथ रहँदा पनि उसले पछिल्ला खेलमा लय भने समात्न सकेको छैन ।

दुई पटकको टि–२० विश्वकप विजेता वेस्ट इन्डिजले पछिल्लोपटक यही वर्षको जुलाई १७ मा अस्ट्रेलियाविरुद्ध १६ रनको जित हात पारेको थियो ।

त्यसयताका ७ खेलमा उसले ४ मा पराजय बेहोर्दा ३ खेल बिना नतिजा सकिएको छ ।

विश्वकप अघिका दुई अभ्यास खेलमा इन्डिजले पाकिस्तान र अफगानिस्तानसँग पराजय बेहोरेको थियो ।

वेस्ट इन्डिजले विश्वकपको पहिलो खेलमा पनि इंग्ल्यान्डविरुद्ध मात्र ६० रन बनाउन सक्यो ।

यसले पनि थाहा हुन्छ कि उ कुन लयबाट गुज्रिरहेको छ ।

वेस्ट इन्डिजले टि–२० विश्वकपको आफ्नो दोस्रो खेलमा मंगलबार दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदनमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

पहिलो खेलमा ६ विकेटको पराजय बेहोरेको वेस्ट इन्डिज दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिदा मनोवैज्ञानिक दबाबमा हुनेछ ।

लय समात्न नसक्नु उसको प्रमुख समस्या हो ।

आइसिसी टि–२० विश्वकपमा यी दुईले हालसम्म ३ खेलमा प्रतिस्पर्धा गर्दा दक्षिण अफ्रिका २ र वेस्ट इन्डिज १ खेलमा विजयी भएको थियो ।

वेस्ट इन्डिजले २००७ र २००९ को विश्वकपमा पराजय बेहोर्दा २०१६ को विश्वकपमा भने जित हात पारेको थियो ।

वेस्ट इन्डिज इतिहास भुलाउँदै दक्षिण अफ्रिकालाई पराजित गरेर आफ्नो लय फर्काउने लक्ष्यमा हुनेछ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको टोलीविरुद्ध त्यो त्यति सहज भने हुनेछैन ।

दक्षिण अफ्रिका पनि आफ्नो बलियो इतिहासलाई कायम राख्दै वेस्ट इन्डिजलाई पराजित गरेर प्रतियोगितामा सुखद् सुरुवात गर्ने दाउमा छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...