YouTube Link

प्रधानन्यायाधीले राजीनामा दिनैपर्ने अडानमा न्यायाधीहरु, सर्वोच्चमा आज पनि भएन सुनुवाइ

न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीशले राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकटमा

Facebook Link

काठमाडौं: सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनैपर्ने अडान राखेका छन् ।

आज १५ जना न्यायाधीशहरूसँगको सामूहिक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।

वरिष्ठतम न्यायाधीश दीपक कार्कीसहित भएको १५ न्यायाधीशको छलफलमा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन भोली साढे ११ बजे फेरि बैठक बस्ने तय भएको छ ।

आजको छलफलमा वरिष्ठतम न्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान र तेजबहादुर केसी बुधबार दिउँसोसम्म भ्रमण छोट्याएर आइपुग्दैछन् । उनीहरुले पनि सामूहिक निर्णयमा ऐक्यबद्धता जनाउने जानकारी गराइसकेका छन् ।

चौतर्फी दबाब र न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीश राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकट देखिएको छ ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...