YouTube Link

युवा टोलीले ‌एएफसी यु–२३ एसियन कप छनोटको सुरु गर्दै

नेपाल र इरानबीच प्रतिस्पर्धा

Facebook Link

काठमाडौंः नेपाली युवा टोलीले सोमबार एएफसी यु –२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ ।

समूह ‘बी’ को पहिलो खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको तयारीका क्रममा शनिबार नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो ।

दोस्रो हाफमा सम्हालिन नसक्दा टोलीले गोल खाएको थियो ।

युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले थोरै समयको तयारीका वावजुद टोलीले उच्च प्रदर्शनको प्रयास गर्ने दोहोराएका छन् ।

आइतबार प्रि म्याच कन्फ्रेन्समा उनले भने, ‘हामीले तयारीका लागि थोरै समय मात्र पायौं ।

हामी केहि खेलाडी साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा थिए ।

त्यसका वावजुद पनि हामीले जति समय पायौं राम्रो गर्ने प्रयास गरेका छौं ।’

छनोटमा स्तरीय टोलीसँग खेल्नु पर्ने उल्लेख गर्दै उनले भनेका थिए , ‘तीन वटै प्रतिद्वन्द्वी स्तरीय टोली हुन् ।

त्यो वास्तविकतालाई हामीले स्वीकार्नु पर्दछ ।

त्यसका वावजुद पनि हामीले राम्रो नतिजाको आशा राखेका छौं ।’

युवा टोलीका गोलकिपर समेत रहेका कप्तान अपर्ण कार्कीले अभ्यास सत्र राम्रो भएको उल्लेख गर्दै भने, ‘इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले पनि हामीलाई मद्दत पुगेको छ ।

हामीले आफ्नो कमजोरी थाहा पाउन अवसर मिलेको छ ।

हामी आफ्नो उत्कृष्ट दिनका लागि तयार छौं ।’

साफ च्याम्पियनसिपको उपविजेता टोलीका ६ खेलाडी यु –२३मा समावेश छन् ।

एएफसी यु–२३ एसियन कप छनोट कात्तिक ८ गतेदेखि १४ गते सम्म हुँदैछ ।

छनोटमा समूह ‘बी’ मा नेपालले इरानसँगै आयोजक ताजिकिस्तान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो ।

समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् ।

त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् ।

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ ।

छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यु–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् ।

नेपाली यु–२३ टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...