YouTube Link

घरपरिवार सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित घरपरिवार सहकारीको  नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

नवौं वार्षिक साधारणसभा समापन कार्यक्रम घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीकृष्ण विष्टको सभापतित्व, संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्य, सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायत विभिन्न सहकारी, संघ–संस्थाका प्रतिनिधिको विशिष्ठ आतिथ्य र आतिथ्यमा सम्पन्न भएको थियो ।

 

घरपरिवार सहकारीको नवौं वार्षिक साधारणसभाको समापन कार्यक्रमका अवसरमा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य एवं शिक्षा तथा सामाजिक सेवा उपसमितिका संयोजक लक्ष्मीप्रसाद ढकालले ५१ हजार रुपैयाँको अक्षय कोष स्थापनाको घोषण गरेका छन् ।

 

कोष प्रत्येक वर्ष बढाइने र त्यसको ब्याजबाट विपन्न सदस्यका जेहेनदार छोराछोरीको शिक्षामा खर्च गरिने ढकालले जानकारी दिए ।

akhabarnepal.com

 

 

 

 

 

 

 

यसैगरी कार्यक्रममा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अध्यक्ष श्रीकृष्ण विष्टका ममतामयी स्वर्गीय माता विन्दा विष्ट, स्वर्गीय शेयर सदस्य बच्चुराम थापाको नामबाट मानव कल्याण सेवा घरकी सञ्चालक सुमित्रा चौलागाईंलाई आर्थिक सहयोग प्रदान गरिएको थियो भने शेयर सदस्य मञ्जु थापाले पनि व्यक्तिगतरुपमा उक्त सेवा घरलाई आर्थिक सहयोग प्रदान गरेकी थिइन् ।

 

असल बचतकर्ता र असल ऋणीलाई नगदसहित सम्मान गरिएको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभामा प्रस्तुत अध्यक्ष श्रीकृष्ण विष्ट, सचिव यादव सिलवाल र कोषाध्यक्ष रामशरण खत्रीको प्रतिवेदनअनुसार कोभिडकालमा पनि घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड उल्लेख्य प्रगतितर्फ अघि बढेको देखिन्छ ।

akhabarnepal.com

 

 

 

 

 

 

 

कोभिड–१९ ले हरेक क्षेत्र तहस–नहस पारेको अवस्थामा उक्त सहकारीले प्राप्त गरेको सफलताका लागि अहोरात्र खट्ने सञ्चालक टिम, कर्मचारी र साथ दिने शेयर सदस्यहरुको वक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

 

कार्यक्रममा स्वागत मन्तव्य सहसचिव बलराम सिलवाल र धन्यवाद ज्ञापन सञ्चालक प्रकाश खत्रीले व्यक्त गरेको जानकारी व्यवस्थापक उद्धव सिलवाल खत्रीले दिएका छन् ।

 

याे पनि पढ्नु हाेस्:

बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...