Rajshow Bivag

घरपरिवार सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

Departmant of helth services

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित घरपरिवार सहकारीको  नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

नवौं वार्षिक साधारणसभा समापन कार्यक्रम घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीकृष्ण विष्टको सभापतित्व, संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्य, सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायत विभिन्न सहकारी, संघ–संस्थाका प्रतिनिधिको विशिष्ठ आतिथ्य र आतिथ्यमा सम्पन्न भएको थियो ।

 

घरपरिवार सहकारीको नवौं वार्षिक साधारणसभाको समापन कार्यक्रमका अवसरमा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य एवं शिक्षा तथा सामाजिक सेवा उपसमितिका संयोजक लक्ष्मीप्रसाद ढकालले ५१ हजार रुपैयाँको अक्षय कोष स्थापनाको घोषण गरेका छन् ।

 

कोष प्रत्येक वर्ष बढाइने र त्यसको ब्याजबाट विपन्न सदस्यका जेहेनदार छोराछोरीको शिक्षामा खर्च गरिने ढकालले जानकारी दिए ।

akhabarnepal.com

 

 

 

 

 

 

 

यसैगरी कार्यक्रममा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अध्यक्ष श्रीकृष्ण विष्टका ममतामयी स्वर्गीय माता विन्दा विष्ट, स्वर्गीय शेयर सदस्य बच्चुराम थापाको नामबाट मानव कल्याण सेवा घरकी सञ्चालक सुमित्रा चौलागाईंलाई आर्थिक सहयोग प्रदान गरिएको थियो भने शेयर सदस्य मञ्जु थापाले पनि व्यक्तिगतरुपमा उक्त सेवा घरलाई आर्थिक सहयोग प्रदान गरेकी थिइन् ।

 

असल बचतकर्ता र असल ऋणीलाई नगदसहित सम्मान गरिएको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभामा प्रस्तुत अध्यक्ष श्रीकृष्ण विष्ट, सचिव यादव सिलवाल र कोषाध्यक्ष रामशरण खत्रीको प्रतिवेदनअनुसार कोभिडकालमा पनि घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड उल्लेख्य प्रगतितर्फ अघि बढेको देखिन्छ ।

akhabarnepal.com

 

 

 

 

 

 

 

कोभिड–१९ ले हरेक क्षेत्र तहस–नहस पारेको अवस्थामा उक्त सहकारीले प्राप्त गरेको सफलताका लागि अहोरात्र खट्ने सञ्चालक टिम, कर्मचारी र साथ दिने शेयर सदस्यहरुको वक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

 

कार्यक्रममा स्वागत मन्तव्य सहसचिव बलराम सिलवाल र धन्यवाद ज्ञापन सञ्चालक प्रकाश खत्रीले व्यक्त गरेको जानकारी व्यवस्थापक उद्धव सिलवाल खत्रीले दिएका छन् ।

 

याे पनि पढ्नु हाेस्:

बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...