YouTube Link

बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि

Facebook Link

काठमाडौं:   बागमति प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो ।

 

बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीले कात्तिक १ देखि लागू हुने गरी बागमति प्रदेशभित्र लागू हुने गरी साबिकको दररेटमा २३ प्रतिशतसम्म वृद्धि हुने गरी सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेका हुन् ।

 

साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले अधिकतम ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

 

उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरी यात्रा गर्दा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने नियम कात्तिक १ गतेबाट लागू हुने भएको हो । काठमाण्डौमा २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्नेले ३० रुपैयाँसम्म, १५ किलोमिटरसम्म यात्रा गर्नेले २७ रुपैयाँसम्म, १० किलोमिटरसम्म रु. २३ र ५ किलोमिटरसम्म रु १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

 

यसरी हेर्दा उपत्यकामा समेत सबैभन्दा छोटो दूरीको यात्रा गर्नेले कम्तीमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सबैभन्दा कम १५ रुपैयाँ तिर्नुपथ्र्यो भने सबैभन्दा बढी २० रुपैयाँ लाग्थ्यो ।

यो पनी पढ्नुहोस् :

स्पेनले ३७ खेलसम्मको अपराजित इटालीलाई पूर्णविराम दियो

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...