YouTube Link

फेसबुकले ल्याउँदैछ क्लियर हिस्टोरी फिचर

Facebook Link

सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ । क्लियर हिस्टोरी नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।

फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी दिएका हुन् । सन् २०१९ को अन्त सम्ममा उक्त यो फिचर सबै प्रयोगकर्ताका लागि जारी गरिने उनको भनाई छ । फेसबुकले उसको विज्ञापन तथा एनालिटिक्स टूल्सको प्रयोग गर्ने साइट तथा एपहरुमार्फत प्रयोगकर्ताका डाटा एकत्रित गर्दछ ।

अब यो फिचर थप भएसँगै प्रयोगकर्ताले फेसबुकको डाटा स्टोरबाट आफ्नो ब्राउजिङ हिस्ट्री डिलिट गर्न सकिनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत मे महिनामा यस्तो खालको फिचर ल्याउने खुलासा गरेको थिए । जुकरबर्गको खुलासा सँगै फेसबुक प्रयोगकर्ताले सो फिचरको प्रतिक्षा गरिरहेका छन् ।

कसरी गर्छ काम ?

यो फिचरको मद्दतले फेसबुक प्रयोगकर्ताले थर्ड पार्टी एप्स तथा वेबसाइको प्रयोग गरी संकलित आफ्ना निजी डाटाहरु डिलिट गर्न सक्नेछन् । क्लिएर हिस्ट्री नामको उक्त नयाँ फिचर कुनै वेब ब्राउजरको अप्सन जस्तै हुनेछ जसमा प्रयोगकर्ताले आफ्नो ब्राउजिङ हिस्ट्री वा कूकीज डिलिट गर्न सक्दछन् ।

फेसबुकको यो फिचर आएसँगै प्रयोगकर्ताले आफुले फेसबुक मार्फत लगअन गरेको वेबसाइट तथा एप्सका बारेमा पनि थाहा पाउनेछन् र आफ्नो आफ्नो अकाउन्टबाट ती जानकारी पनि हटाउन सक्नेछन् । गतवर्ष देखि लगातार प्रयोगकर्ताका निजी डाटाहरुको दुरुपयोग गरिएको विषय लगातार सार्वजनिक हुन थालेसँगै फेसबुक प्रयोगकर्ताको सुरक्षाका बारेमा लगातार दबाबमा रहँदै आएको छ । सोही कारण फेसबुकले प्रयोगकर्ताका लागि आफ्नो गोपनीयतामाथि नियन्त्रण कायम गर्ने विधिहरुमा केन्द्रित रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...