YouTube Link

युट्युबको नकारात्मक प्रभाव

Facebook Link

इन्टरनेट अहिले सूचनाको सबैभन्दा शक्तिशाली तथा वृहत माध्यम बनिसकेको छ, यसमा कुनै शंका छैन । तर यहीँ इन्टरनेटमा अफवाह तथा गलत जानकारीहरु पनि तिव्र रुपमा फैलिरहेका छन् । यसको ताजा उदाहरण युट्युबको मामिलामा देखिएको छ ।

पृथ्वी गोलाकार छ भन्ने कुरा सबैलाई थाहा छ । तर युट्युबका कारण पृथ्वी गोलाकार होइन समतल अर्थात् थेप्चो भएको ठान्ने मानिसहरुको संख्या बढिरहेको छ । सन् २०१७ मा अमेरिकाको नर्थ क्यारोलिनामा पृथ्वी गोलो नभै समतल भएको दाबी गर्ने मानिसहरुको वार्षिक सम्मेलनमा किर्तिमानी संख्यामा मानिसहरु भेला भए ।

त्यसपछि गत वर्षपनि कोलोराडोको डेनवरमा पनि यस्तै धेरै मानिसहरु जुटे । अमेरिकाको टेक्सास प्रविधि विश्वविद्यालयका शोधकर्ताहरुले यस विषयमा अनुसन्धान गरेका छन् । उनीहरुले उल्लेखित सम्मेलनमा सहभागी भएका मध्ये ३० जनासँग गरिएको कुराकानीबाट के थाहा भएको छ भने धेरै मानिसहरु पृथ्वी ब्रम्हाण्डमा घुमिरहने गोलो चट्टान होइन कि चेप्टो अर्थात् समतल पिण्ड हो ।

ती ३० जनामध्ये २९ जनाले पछिल्लो २ वर्षमा नै पृथ्वीको आकार सम्बन्धी आफ्नो धारणामा परिवर्तन आएको खुलासा गरेका छन् । उनीहरुलाई २ वर्षअघिसम्म पृथ्वी गोलो थियो भन्ने लाग्दथ्यो । युट्युबमा षडयन्त्र सिद्धान्त सम्बन्धीका विभिन्न भिडियोहरु हेरेपछि पृथ्वीको आकारका विषयमा आफ्नो धारणा बदलिएको उनीहरुको भनाई छ ।

बाँकी एक जनाले चाहीँ आफुले छोरी ज्वाइँले युट्युबमा देखाएको भिडियोका कारण पृथ्वीको आकार बारेमा जानकारी पाएको बताए । शोधकर्ताहरुका अनुसार इन्टरनेट प्रयोगकर्ताहरुमा पछिल्लो समयमा यु ट्युबमा षडयन्त्र सिद्धान्तका विषयका अनेक खाले भिडियोहरु हेरेर गलत जानकारी लिने प्रवृत्ति बढेको छ ।

प्रमुख शोधकर्ता एसले ल्याण्ड्रमका अनुसार “200 proofs Earth is not a spinning ball” शीर्षकको युट्युब भिडियो पृथ्वी गोलो नभै समतल छ भन्ने हौवा पिटाउनका लागि सबैभन्दा प्रभावकारी भिडियो बनेको छ । यद्यपि गुगल स्वामित्वको युट्युबले अहिले पृथ्वी वास्तवमै गोलो नै रहेको भन्ने कुराको विश्वास दिलाउने कोसिस गरिरहेको छ । युट्युबमा गलत जानकारी फैलाउने खालका भिडियोमा लगाम लगाउनका लागि युट्युबमा विभिन्न योजना बनाइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...