गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}
वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१
21
shares
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ को म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । प्रेम, विश्वास र भावनात्मकतालाई समेटिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ ।
इन्द्रजित भुलको शब्द रचना तथा खेम सारु मगरको संगीत रहेको गीतमा गायक सुनिल थापा मगर र गायिका सङ्गिता मसरङ्गी मगरको सुमधुर आवाज रहेको छ । प्रेम सम्बन्धभित्रका भावना, समर्पण र संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतको संगीत संयोजनले पनि श्रोताको ध्यान आकर्षित गरेको छ । गीतको म्यूजिक भिडियो नेपालको पर्यटकीय गन्तव्य मुस्ताङ जिल्लाका रमणीय तथा आकर्षक स्थानहरूमा छायांकन गरिएको हो । मुस्ताङको प्राकृतिक सौन्दर्य, मनमोहक दृश्य र आकर्षक लोकेसनले भिडियोको दृश्यलाई थप सुन्दर बनाएको छ ।
भिडियोमा विशाल जेबी र अस्ट्रिना लामाले अभिनय गरेका छन् । उनीहरूको अभिनयमार्फत प्रेमकथालाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । भुपेन्द्र रिखाम मगरको कोरियोग्राफी रहेको म्यूजिक भिडियोको छायांकन तथा निर्देशन एकान्त मगरले गरेका हुन् । त्यस्तै, खेम सारु मगरले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् भने अनुपमा रोका मगरको प्रोडक्सन रहेको छ । भिडियोमा प्रमिला लोप्चन तामाङले श्रृङ्गारको जिम्मेवारी निर्वाह गरेकी छन् ।
अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतमा विशाल निरौलाको एरेञ्ज रहेको छ । रञ्जन राईले रेकर्डिङसँगै मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । प्रेमिल भाव, कर्णप्रिय संगीत, सुमधुर स्वर र मुस्ताङका आकर्षक दृश्यहरूको संयोजन रहेको ‘ढाट्या भए मै मरि जाउला’ ले नेपाली सांगीतिक बजारमा आफ्नो छुट्टै छाप छोड्ने अपेक्षा गरिएको छ ।
{भिडियो}
वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१



















