YouTube Link

ट्वाइलेट पेपर सर्च बारे गुगलको स्पष्टीकरण

Facebook Link

सर्च इन्जिन गुगलले ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो ।

गुगलका प्रवक्ताले भनेका छन, ‘गुगलमा ट्वाइलेट पेपरको ठाउँमा पाकिस्तानको झण्डाको तस्वीर देखिएको प्रमाण अझैसम्म फेला परेको छैन । यद्यपि यस विषयमा अनुसन्धान जारी छ । मिडिया रिपोर्टर्स र अन्य धेरै व्यक्तिहरुले सामाजिक सन्जालमा लेखिएअनुसार १४ फेब्रुअरीमा जम्मु काश्मिरको पुलवा जिल्लामा आक्रमणपछि गुगलमा ‘Best toilet paper in the world’ सर्च गर्दा पाकिस्तानको झण्डाको तस्वीर देखिएको थियो । धेरै व्यक्तिहरुले सर्च रिजल्टको स्क्रिन सट फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सन्जालहरुमा शेयर गरेका छन् ।

ट्वीटरमा #Best_toilet_paper_in_the_world ह्यासट्याग ट्रेन्डिङमा पनि देखिएको थियो । गुगलका प्रवक्ताले भनेका छन जबदेखि यो खबर भाइरल भयो त्यही बेलादेखि ति सबै फोटोको रयाङ्किङ जाँच भइरहेको छ । तर के हो भने गुगलको सर्च रिजल्ट अर्बौं कीवर्ड्सको रयाङ्किङको आधारमा देखिन्छ । यो रयाङ्किङ व्यापकता र लोकप्रियता जस्ता दुई सय वटा कारणबाट तय हुन्छ ।’

गुगलमा एउटा कुरा सर्च गर्दा अर्कै देखिनु पहिलो पटक भने होइन । यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिन्थे । यस्तै ‘भिखारी’ शब्द सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर देखिन्थ्यो ।

‘इडियट’ शब्द सर्च गर्दा ट्रम्पको फोटो देखिएपछि अमेरिकी सांसदहरुले गुगलका सीईओ सुन्दर पिचाईसँग जवाफ मागेका थिए । त्यतिबेला पिचाईले भनेका थिए सर्च रिजल्टसँग मजाक गर्न गुगल या गुगलका कर्मचारीहरुका लागि सम्भव छैन । सर्च रिजल्ट त अल्गोरिदम (गणना गर्ने कम्प्युटरको विधि) बाट देखिन्छ न कि कर्मचारीहरुबाट ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...