YouTube Link

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमका कारण नेपालमा थप ८ जना मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराकी ३२ वर्षीया महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुमा उपचाररत ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा उपचाररत बाराकी २३ वर्षीया महिला, पर्साका ७२ वर्षका पुरुष तथा वीरगञ्ज हेल्थ केयरको कोभिड अस्पतालका एक पुरुष छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको पनि बुधबार राति मृत्यु भएको छ ।

पाटन अस्पतालमा पनि बिहीबार बिहान ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै किष्ट मेडिकल कलेज काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नारायणी अस्पतालमा कोरोना आशंका गरिएका थप एक पुरुषको पनि मृत्यु भएको छ ।

रौतहटका ८० वर्षका पुरुषको मृत्यु भएको र उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...