Texas College
YouTube Link

कृषि विकास बैंकद्वारा २४ अर्बको ऋणपत्र निश्कासन गर्ने तयारी

Facebook Link

काठमाडौं: कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निश्कासन गर्ने तयारी गरिरहेको जनाएको छ ।

 

बैंकका अनुसार २४ अर्ब रुपैयाँको ऋणपत्र २ करोड ४० लाख कित्ताको हुने र पहिलो चरणमा ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निश्कासन गर्ने तयारी गरेको छ । अहिले आन्तरिक तयारीमा रहेको र ऋणपत्र कहिले निश्कासन गर्ने भन्ने यकिन भैनसकेको बैंकले जनाएको छ ।

 

बैंकले ऋणपत्र सर्वसाधारणरणका लागि नभई सम्पूर्ण बैंकहरुका लागि भएकोले  ऋणपत्रका लागि बैंकहरुले मात्र आवेदन दिन सक्ने जनाएको छ । पहिलो चरणमा निश्कासन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निश्कासन हुनेछ ।

 

कोभिडको समस्या समाधान भएर सहज वातावरण बने पहिलो चरणमा निश्कासन गरेको ऋणपत्रको मागका आधारमा विस्तारै निश्कासन ऋणपत्र जारी गर्दै जाने र बैंक अहिले सम्पूर्ण तयारीमा जुटेको छ ।

 

बैंकले उक्त रकम कृषिमा लगानी गर्ने र न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने त्यो विस्तारै सार्वजनिक हुनेछ । अहिले बैंकले आन्तरिक कमिटी गठन गरि काम गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...