नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५,५२९ जना पुग्यो
वि.सं.२०७७ भदौ ११ बिहीवार १७:३९
1.2K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना सहित नेपालमा हालसम्म २० हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म १ सय ८३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ ११ बिहीवार १७:३९




















