YouTube Link

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

Facebook Link

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । प्रतियोगिताका लागि बैंक र जनकपुर बोल्ट्सबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउनुका साथै समुदायसँगको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्दै युवा सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले सहकार्य गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए । एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले समुदायसँग निकट सम्बन्ध रहेको मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्वपूर्ण भएको बताए ।

 

बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको प्रयासबीच समानता रहेको उनले उल्लेख गरे। यस सहकार्यले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने उनको विश्वास छ । एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले तेस्रो संस्करणमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ । मुक्तिनाथ विकास बैंकसँगको साझेदारीले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ थप ऊर्जा प्रदान गर्ने खतिवडाले बताए । बैंकले यस सहकार्यलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउने अवसरका रूपमा लिएको छ । ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...