YouTube Link

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

Nepali Sena Suvakamana Dashain
Facebook Link

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोहले नै फाइनल स्पर्धाको झल्को दिएको छ । स्यासिङ समारोह फाइनल शो कै झल्को दिने गरी बिहीबार साँझ भव्यताका साथ सम्पन्न भएको छ । स्यासिङ समारोह नै यस्तो रह्यो कि फाइनल कार्यक्रम कस्तो होला भन्ने कौतुहलता जगाउँदै सम्पन्न भएको हो ।

 

समारोहमा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट भएका छन् । देशका विभिन्न भागमा गरिएको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका उनीहरूलाई सो समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त र सफल व्यक्तित्वहरुबाट ट्याग नम्बर र स्यास प्रदान गरिएको छ । राजधानीको थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा अन्तिम स्पर्धाका लागि छनोट भएका महिलाहरूले आफ्नो परिचय दिएका थिए । समारोहसँगै उनीहरूलाई प्रतियोगिताको औपचारिक प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

 

 

यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन् ।

 

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता छ । झाका अनुसार गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम स्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताले विभिन्न पेसामा सक्रिय तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर दिने आयोजक शिला बास्तोलाको भनाइ छ ।

 

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ । प्रतियोगिताबाट छानिने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ ।

 

 

अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ । यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछ । सहभागीहरुलाई नृत्य प्रशिक्षण सन्दीप भुजेलले दिने छन् ।

 

विभिन्न प्रशिक्षकहरुद्वारा करिव ४५ दिनको प्रशिक्षण पश्चात सञ्चालन हुने कार्यक्रमको सह–कोरियोग्राफी निशा बराइलीले गर्नेछिन् भने गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा कार्यक्रम सञ्चालन हुनेछ । रिवन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिताको नयाँ संस्करणमा छनोट भएका २२ प्रतिस्पर्धीले अब ग्रान्ड फिनालेका लागि विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुनेछन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...