YouTube Link

हाइड्रोइलेक्ट्रीसिटी (एचआईडिसीएल) को शेयरमूल्य समायोजन

Facebook Link

काठमाडौं:  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयरमूल्य समायोजन गरेको छ । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरेको हो ।

 

कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. ५८८ को आधारमा मूल्य समायोजन गरी हकप्रद पछिको मूल्य रू. ३४३ तोकेको हो ।

 

आइतवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ । बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले निष्कासन गर्ने शतप्रतिशत हकप्रद शेयर खरिद गर्न पाउनेछन् ।

 

हाइड्रोइलेक्ट्रीसिटी कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । निष्कासन मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो ।

 

यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो ।

 

बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

यो पनि पढ्नुहोस् :

कलाकार तथा मोडल निशा घिमिरेको उपचार गरिदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...