नेपालको आधा जनसंख्या रेबिजको जोखिममा
वि.सं.२०७७ असोज १२ सोमवार २०:४९
1.7K
shares
काठमाडौं: नेपालको आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा आर्थिक वर्ष २०७५/७६ मा रेबिज रोगका कारण १८ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समेत बताउनु भयाे ।
विश्व रेबिज विरुद्धको दिवसको अवसरमा डा पाण्डेले नेपालमा वर्षेनी २ करोड ५० लाख रेबिज विरुद्धको खोपको खपत हुनेको भन्दै यस रोगबाट जोगिनका लागि सावधानी र सतर्कताको खांँचो भएको बताए ।
रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको पाईन्छ । रेबिज रोग लाग्ने मुख्य कारण कुकुर रहेको भन्दै सन् २०३० सम्म रेबिजका कारण हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य राखिएको छ ।
विश्वको तथ्यांक अनुसार रेबिज रोगका कारण बर्सेनि ५९ हजार मानिसहरुको मृत्यु हुुुुने र एक करोड मनिसलाई उपचारको आवश्यकता हुने गरेको छ । रेबिजका कारण ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिकाको मृत्यु हुने जनाएकाे छ ।
वि.सं.२०७७ असोज १२ सोमवार २०:४९




















