दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गतेबाट सञ्चालन
वि.सं.२०७७ असोज १२ सोमवार २१:१२
1.8K
shares
काठमाडौं: सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा आउने छ ।
काठमाडाैं उपतयाका बाहिर खाद्यको २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ
देशभर सञ्चालनमा आउने सहुलियत पसलमा कुन वस्तु कति मूल्यमा बिक्रि गर्ने भन्ने विषय मन्त्रालयले केही दिनमा टुंग्याउने कम्पनीले जनाएकाे छ ।
साथै कम्पनीले यस अघि १६ सय खसी बोका र १४ सय च्याङ्ग्रा सहित तीन हजार खरिद गर्ने छलफल भएपनि दुई हजार मात्रै च्याङ्ग्रा र खसी बोका ल्याउने निर्णय गरेको छ ।
वि.सं.२०७७ असोज १२ सोमवार २१:१२




















