जापानको ओसाकामा अमेरिकी राष्ट्रपति र चिनियाँ समकक्षीबीच भेटवार्ता हुँदै
वि.सं.२०७६ असार १४ शनिवार ०९:१७
1K
sharesएजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ समकक्षी सि चिन फीङबीच आज जापानको ओसाकामा भेटवार्ता हुँदै छ । जापानको ओसाकामा आयोजित जी ट्वान्टी सम्मेलनको अन्तिम दिन आज दुई नेताबीच भेटवार्ता हुने भएको हो ।
व्यापार युद्ध जारी रहँदा ट्रम्प र सिबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । वार्तापछि व्यापार विवाद मत्थर हुने अपेक्षा समेत गरिएको छ । पछिल्लो वर्ष अमेरिकाले २ सय ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त कर लगाएपछि यि दुई देशबीच व्यापार विवाद चुलिएको हो । अमेरिकी कदम विरुद्ध चीनले पनि १ सय १० अर्ब बराबरका अमेरिकी सामानमा अतिरिक्त कर लगाएको थियो । बेइजिङले इतिहासकै सवैभन्दा ठुलो व्यापार युद्ध अमेरिकाले शुरुवात गरेको आरोप लगाएको छ ।
व्यापार युद्धका कारण दुइ मुलुकका साथै विश्व अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव परेको छ । यसैबीच जि ट्वान्टी सम्मेलनको दोश्रो दिन आज चीन र अमेरिकाबीचको व्यापार युद्ध, इरान र खाडी देशमा चर्किएको तनाब लगायत विषयले प्रवेश पाउने बताइएको छ ।
वि.सं.२०७६ असार १४ शनिवार ०९:१७