सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि
वि.सं.२०७७ पुस ५ आइतवार ०८:१६
2.1K
shares
काठमाडौं: डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।
शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरे ।
विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।
यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गर्दै गर्दा सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।
वि.सं.२०७७ पुस ५ आइतवार ०८:१६



















