YouTube Link

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

Facebook Link

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना बिकको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक भएको छ । प्रेम, समर्पण र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छोटो समयमै दर्शक, श्रोता तथा विभिन्न सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।

 

माया, प्रेम र रोमान्टिक अनुभूतिलाई समेटिएको म्यूजिक भिडियोको गीत गायक एनिस राई स्वयंको शब्द रहेको छ भने खेम सारु मगरले संगीत भरेका छन् । संगीत संयोजन विशाल निरौलाले गरेका छन् । गीतको रेकर्डिङ ज्ञानेन्द्र गिरीले ड्रिम्स रेकर्डिङ स्टुडियोमा गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन् ।

 

उक्त गीतको म्यूजिक भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ । म्यूजिक भिडियोमा गायक एनिस एन्जल राई स्वयंले अभिनय गरेका छन् भने उनलाई चर्चित नायिका मनिला रानाले साथ दिएकी छिन् । भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन् भने ड्रोन तथा छायांकन सन्जोक श्रेष्ठको रहेको छ । म्यूजिक भिडियोको प्रोडक्सन व्यवस्थापन योगेश राना मगर र सुनिल थापा मगरले गरेका छन् । म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन एकान्त मगरको रहेको छ ।

 

प्रेमकथालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको ‘मुटुको छेउमा’ ले समकालीन युवा पुस्ताको भावना र अनुभूतिलाई जीवन्त रूपमा अभिव्यक्त गरेको छ । शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनका कारण यो गीत आगामी दिनमा नेपाली संगीतप्रेमी माझ अझ लोकप्रिय बन्ने विश्वास गरिएको छ । यस सिर्जनामार्फत गायक एनिस एन्जल राईले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।

{भिडियोसहित}

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...