आज कुनै नजिक वा टाढाको मित्र अथवा धेरै पुरानो व्यक्तिसँग भेट हुने वा कुराकानी हुने सम्भावना छ । कुनै सम्झौता गर्नलाइ अथवा थाँती रहेको काम टुंगायाउनको लागि आज राम्रो दिन छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वर्तमानका समस्याहरुमा केन्द्रित रहेर तर्कसंगत समाधान निकाल्न गम्भिर हुनुहोला । आज खर्च गर्दा चाँही सावधानी अपनाउनुपर्नेछ, होशियारी अपनाउनुभएको खन्डमा सबै कार्यहरु सहजताका साथ सम्पन्न हुनेछन र तँपाइलाइ खोजेको सम्मान वा कदर प्राप्त हुने सम्भावना छ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
तँपाइले राम्रोसँग चिनेका व्यक्तिहरुको नकारात्मक व्यवहारले तँपाइलाइ चकित तुल्याउनेछ, तर पनि आफनो प्रतिक्रिया र भावनालाई उनीहरुका सामू व्यक्त नगर्नुहोला अन्यथा परिस्थिती नियन्त्रण बाहिर गइ विवादको स्थिती उत्पन्न हुन सक्छ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज असहमत र असहिष्णु हुनेहरुसँग पनि तँपाइले मित्रवत व्यवहार गर्नुहोला । यसले तँपाइलाइ अस्वाभाविक परिस्थितिको शिकार हुनबाट जोगाउने छ, कन्फयूजन हुनु नै आजको उपाय हो ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन राम्रो रहने छ । व्यवसायिक कर्म क्षेत्रमा ग्रहले साथ दिनेछ, योजना अनुसार काम नभएपनि परिणाम तँपाइले चाहे अनुसार हुनेछ, आज भविष्यको लागि कुनै योजनाहरुको खाका बनाउने विचार आउन सक्नेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आजको दिन बिजनेस भ्रमण, घुमघाम वा लामो दुरीको यात्राको लागि उत्तम रहनेछ । प्राय सबै महत्वपूर्ण निर्णयहरु आज बिहान १० बजे अगावै लिनुहोला । बेलुकी थकान अलि बढी नै हुने सम्भावना छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना निजी भावनालाइ आज आफू वरिपरिकासँग अभिव्यक्त नगरि सबैसँग सकेसम्म मित्रवत व्यवहार गर्नुभएको खन्डमा दिन सुखद रहनेछ, आज तँपाइको घरको पारिवारिक वातावरण परिवर्तन हुने समय आएकोले सकारात्मक बन्नुपर्ने अवस्था आउन सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन प्रतिकुल छ, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुनसक्छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तँपाइको सोच र परिकल्पनालाई आज अपरान्हपछि कार्यान्वयन नगर्नुहोला, यसले तँपाइको समय र शक्ति अनावश्यक कुराहरुमा खर्च गराउने छ र बिस्तारै तँपाइलाइ लक्ष्य प्राप्तिबाट टाढा लग्नेछ, आफ्नै इन्ट्यूसनलाइ विश्वास गरेर अगाडि बढेको खन्डमा दिन शुभर हनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको दिन सोचेको ठिक उल्टो हुनसक्छ, कतिपय कुराहरु शुरुमा सुखद र राम्रो लागेपनि अन्त्यमा विपरित हुन सक्छन् । कुटुम्ब हानी, धन हानी, अनुहार मुखदाँत आदिमा समस्या, नेत्र रोग, बोलीले समस्या ल्याउने, पढाइमा समस्या आदि आउन सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन अनुकुल छ । स्वास्थ्य लाभ प्राप्त हुने, दिउँसो आफनो दायित्व र कर्तव्य पूरा गर्नको लागि प्रशस्त समय मिल्नेछ, कुनै काममा सहभागी हुने वा थप जिम्मेवारी पाइने सम्भावना छ, आज रमाइलो खानपान वा गफगाफ सहितको सत्कारमा सहभागी हुने योजना बन्न सक्छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दिन राम्रो रहनेछ । शरिरमा जोश जाँगरमा वृद्धि हुने, शुभ समाचारहरु आउन सक्छन् । पारिवारिक सुखको साथै व्यावसायिक क्षेत्रमा विवादित विषयमा सहमतिको विन्दु फेला पर्नेछ र अडकिएका कार्यहरु अगाडि बढने छन् । प्रयास जारी राख्नुहोला ।