गजल
वि.सं.२०७७ पुस ४ शनिवार ०९:१२
1.6K
shares
लिन्छु भन दिन्छु उपाहार जिन्दगीको
भुत्ते छैन काम लाग्छ धार जिन्दगीको॥
काम आवस दुनियाँको सफल मानिन्छ
यहि त हो जन्मिनुको सार जिन्दगीको॥
बिऊ टन्न सक्ता छर्न मायाँ सद्भावको
घटाउन मद्धत मिल्छ भार जिन्दगीको॥
भरौँ रंग इन्द्रेणीको मिल्दा सक्छौँ त्यो
हटाएर अम्लिय त्यो क्षार जिन्दगीको॥
घोत्लिएर बस्छु हजुरलगाउँ के गरी
सोचाईमा सधै वेडा पार जिन्दगीको॥
वि.सं.२०७७ पुस ४ शनिवार ०९:१२




















