दिन शुभ रहनेछ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि, स्त्री सुख पारिवारिक सुख, साथीहरुसँग बसिवियाँलो वा रमाइलो खानपानमा सरीक भइने, स्थाई वस्तुहरुको प्राप्ति, प्रेमी जोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन राम्रो छ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँट गरेका कामहरु बन्ने, धन लाभ हुने, मानसम्मान वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रिभाव भइ ठूला कार्यहरु सम्पन्न हुने छन ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन आशा गरे अनुसार नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चाधिकारीहरुबाट समस्या आउने वा मान भंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, पेट सम्बन्धि कुनै रोग छ भने स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सावधान हुनुपर्ने दिन छ, भय तथा चिन्ता पर्ने, क्षुद्र रोग बल्झने, कलह तथा विवादको अवस्था आउने, धन हानी, दुर्घटना तथा चोटपटकको सम्भावना छ, कुनै उपद्रकारी घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनुहोला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन सुखद रहनेछ, पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, निद्रा तथा भोजन सुखको प्राप्ति, सवारी सुख वा वाहन प्राप्तिको योग छ, धनको वृद्धि, स्त्रि वर्गसँग प्रेम, भाइ अथवा कम उमेरको मानिसबाट लाभ पाइने, द्रव्य वा वस्त्र लाभको सम्भावना छ, दाम्पत्य सुखमय बन्ने, साझेदारीको लागि राम्रो दिन छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोग माथि विजय पाइने, प्रेमी वा मन परेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन अनुकुल नहुन सक्छ, निरिह वा विवश हुनुपर्ने अवस्था आउन सक्छ, मन अशान्त रहने, मार्गमा बिध्न बाधाहरु तेर्सिने, मुडको ठेगान नहुने, झर्किने वा झोक्किने अवस्था नआउला भन्न सकिँदैन, कुनै विशेषवस्तु वा चाहनाको हकमा धनको अभाव महसुस हुनेछ, स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नुहोला ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन प्रतिकुल छ, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुनसक्छ ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिन राम्रो छ, कार्यहरु सफल हुने, धन तथा वस्त्र लाभ, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ तथा मान कदर पाइने, स्त्रि वर्गबाट सहयोग तथा सुख पाइने, धातु खरीद हुने वा प्राप्त हुने योग छ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुक्ल पक्षको चन्द्रमा छ भने दिन अनुकुल रहनेछ, तर कृष्ण पक्षको चन्द्रमा छ भने, मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी तथा खानपानमा अनपेक्षित परिवर्तन आउनसक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन लाभदायी छ, चिताएको पुग्ने, मन प्रसन्न हुने, धन प्राप्ति, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोग नाश, मान सम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ ।