जेनिफर लोपेजको चार बिहे र एक इङ्गेजमेन्ट
वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:२२
957
sharesएजेन्सी: अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगजसँग दुई वर्ष डेटिङ गरेपछि बिहे गर्ने भएकी छिन् । यी दुईको इङ्गेजमेन्ट भइसकेको छ । जेनिफरले आफ्नो इन्स्टाग्राममा यो कुरालाई शेयर गरेकी छिन् ।
वेबसाइट फक्सन्यूज डटकमका अनुसार यी दुईले शनिबार राति इन्स्टाग्राममा यो खबर शेयर गरेका थिए । रोड्रिगेजले जेनिफरसँग इङ्गेजमेन्टको एक औँठी शेयर गर्दै लेखे, ‘उनले हुन्छ भनिन् ।’ जेनिफर लोपेजको यो इङ्गेजमेन्ट छैठौँपटक भएको हो । लोपेजले यसअघि नै ४ पटक बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् ।
बेवर्ली हिल्स होटलमा जेनिफरले एलिक्सलाई देखिन् र उनीसँग गइन् । त्यसपछि अहिले पनि यी दुई मायामा छन् । त्यतिबेला नै एक म्यागजिनमा जेनिफरसँगको सम्बन्धका बारेमा एलेक्सले खुलासा गरेका थिए । उनले भनेका थिए, ‘हामी दुई बीच धेरै कुरा कमन छन्, त्यसैले एकअर्कालाई राम्रोसँग सम्झन्छौँ ।’
वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:२२