YouTube Link

ग्रीन बुक ‘सर्वोकृष्ट फिल्म’

Facebook Link

एजेन्सी: फिल्मी दुनियाँकै गरिमामय मानिने ९१औँ एकेडेमिक अवार्ड ओस्करमा यस वर्ष फिल्म ‘ग्रीन बुक’ले बाजी मारेको छ । अमेरिकाको लस एन्जेलसस्थित डोल्बी स्टुडियोमा गएराति सम्पन्न ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित उक्त ‘ग्रीन बुक’ ‘सर्वोत्कृष्ट फिल्म’ बन्न सफल भएको हो ।

फिल्म ‘ग्रीन बुक’ले सर्वोत्कृष्ट फिल्मसहित अन्य तीन वटा विधामा ओस्कार जितेको छ । यसै फिल्मबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलिले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका छन् भने सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि आफ्नो पोल्टामा पर्न सफल भएको छ ।

यस्तै सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘बोहेमियान रुहाप्सोडी’बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । अवार्ड पाएपछि उनले आफ्नी आमालाई धन्यवाद दिए । सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन मनोनयन सुचीमा थिए ।

यस वर्ष ‘सर्वोत्कृष्ट अभिनेत्री’को विधामा ‘द फेभरेट’बाट ओलिभिया कोलम्यानले अवार्ड पाइन् । उनी पनि पहिलोपटक ओस्करमा मनोनयनमा परेकी थिइन् । उनले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यो विधामा यसपाली ‘द वाइफ’बाट ग्लेन क्लोजलाई प्रमुख दाबेदार ठानिएको थियो ।

यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । चलचित्र ‘रोमा’बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् । सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’बाट रिगिना किङलाई दिइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...