रसुवास्थित टिमुरेमा सनराइज बैंकको १२७ औं शाखा विस्तार
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:४०
1.3K
shares
काठमाडौं: सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यालयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा-२ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले ए.टी.एम को उद्घाटन पनि गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:४०




















