YouTube Link

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

Facebook Link

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । सहकार्यअनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

 

बैंकका अनुसार २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकमको २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । छुट प्राप्त गर्न ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिले आउनेलाई प्राथमिकता दिँदै छुट प्रदान गरिने बैंकले जनाएको छ ।

 

बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई विस्तार गर्दै ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने उद्देश्यले दराजसँग सहकार्य गरेको जनाएको छ । यस सहकार्यले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

वि.सं.२०८३ कात्तिक १७ मंगलवार १२:५२

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार...