प्रभु बैंकले जावलाखेल युवा क्लबलाई प्रायोजन गर्ने
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:३९
1.5K
shares
काठमाडौं: प्रभु बैंकले जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल भिवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले एक समारोहका विच हस्ताक्षर गरेका हुन् ।
जावलाखेल युवा क्लबसँगको सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउँनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउँनेछ । जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत् सञ्चालन गर्ने छ ।
जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:३९




















